तरलतामा सुधार छैन, कर्जा र निक्षेप दुवै घटे

काठमाडौँ — आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा पनि वित्तीय प्रणालीमा तरलता अवस्थामा कति पनि सुधार भएको छैन । आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च बढ्ने भएकाले तरलता अवस्थामा सुधार आउने अपेक्षाविपरीत वित्तीय प्रणालीमा निरन्तर रूपमा कर्जा र निक्षेप घटिरहेको हो ।

तरलतामा सुधार छैन, कर्जा र निक्षेप दुवै घटे

पछिल्लो एक महिना (वैशाख)को तथ्यांक हेर्दा उक्त अवधिमा कर्जा र निक्षेप दुवै घटेको छ । जसअनुसार चैत मसान्तको तुलनामा वैशाख मसान्तमा वाणिज्य बैंकहरूको कुल निक्षेप करिब १९ अर्ब रुपैयाँले घटेको छ । गत चैत मसान्तमा बैंकहरूको कुल निक्षेप ४३ खर्ब ८९ अर्ब रुपैयाँ थियो । वैशाख मसान्तमा आइपुग्दा यो घटेर ४३ खर्ब ७० अर्ब रुपैयाँ कायम भएको छ । पछिल्लो एक महिनामा २७ वाणिज्य बैंकमध्ये ६ वटाको निक्षेप घटेको देखिन्छ ।

यस्तै, पछिल्लो एक महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह पनि ६ अर्ब रुपैयाँले घटेको छ । गत चैतमा वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४१ खर्ब ९७ अर्ब रुपैयाँ थियो । गत वैशाखमा आइपुग्दा कुल कर्जा प्रवाह घटेर ४१ खर्ब ९१ अर्ब रुपैयाँमा झरेको छ । पछिल्लो एक महिनामा १४ वटा बैंकको कर्जा प्रवाह घटेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?