कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

१० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै, ब्याजदर १० प्रतिशत

काठमाडौँ — राष्ट्र बैंकले बिहीबार (जेठ ५मा ) १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । विकास ऋणपत्र २०८१ ‘ङ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि २ वर्षको छ । उक्त ऋ पत्रमा वार्षिक १० प्रतिशतका दरले ब्याज पाइन्छ ।

१० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै, ब्याजदर १० प्रतिशत

राष्ट्र बैंकले यही जेठ र असारमा १ खर्ब रुपैयाँभन्दा केही बढी आन्तरिक ऋण संकलन गर्दै छ । सोही क्रममा बिहीबारदेखि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको हो । ऋणपत्र नेपाली नागरिक, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी र अन्य संगठित संस्थाले खरिद गर्न पाउँछन् । यो ऋणपत्र धितो राखेर ऋण लिन र दिन पाइन्छ । ६/६ महिनामा ब्याजदर भुक्तानी पाइन्छ । ऋणपत्र खरिदका लागि अनलाइनबाटै आवेदन दिन सकिन्छ ।

ऋणपत्र घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निस्कासन रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा नि:शेष भागजाने अंकमा हुनुपर्ने सूचनामा उल्लेख छ । जेठ ५ मा बोलकबोल संकलन गरेर ६ गते ऋणपत्र निस्कासन गरिने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : जेष्ठ ४, २०७९ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?