निर्वाचनपछि खुलेको सेयर बजारमा भारी गिरावट, झण्डै ८५ अंकले घट्यो नेप्से

काठमाडौँ — स्थानीय निर्वाचनको सार्वजनिक विदापछिको पहिलो कारोबार दिन नेप्सेमा भारी गिरावट आएको छ । निर्वाचन सम्पन्न भएर धमाधम नतिजा आइरहेको बेला सेयर बजारमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा विपरित बजारमा करिब ८५ अंकको गिरावट आएको हो ।

निर्वाचनपछि खुलेको सेयर बजारमा भारी गिरावट, झण्डै ८५ अंकले घट्यो नेप्से

कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा भारी गिरावट आएको हो । उक्त दिन फाइनान्स र अन्य उपसमूहका लगानीकर्ताले धेरै गुमाएका छन् ।

उक्त गिरावटपछि नेप्से २ हजार २ सय ६५‍.५२ विन्दुमा ओर्लेको छ । अघिल्लो कारोबार दिन (स्थानीय निर्वाचन अघिको) तुलनामा ३.६१ प्रतिशतले कम हो ।

नेप्सेका अनुसार मंगलबार २ सय २१ कम्पनीको १ अर्ब ६४ करोड ४० लाख ९६ हजार १ सय ९२ रुपैयाँ बराबरको ३५ लाख ९५ हजार ७ सय ४८ कित्ता सेयर किनबेच भएका छन् । नेप्से घटेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि घटेर ३२ खर्ब २२ अर्ब रुपैयाँमा सिमित भएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७९ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?