कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँ बढ्यो 

काठमाडौँ — नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । आयल निगमको संचालक समितिको बैठकले आज (शनिबार) राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँ बढ्यो 

जसअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । हाललाई खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ । मूल्य समायोजनपश्चात पनि पाक्षिक ४ अर्ब २५ करोड रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ ।


प्रकाशित : वैशाख ३१, २०७९ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?