कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आयातमा पेट्रोलियमको हिस्सा बढ्दो

काठमाडौँ — साउनदेखि चैत मसान्तसम्म मुलुकमा कुल १४ खर्ब ६६ अर्ब रुपैयाँको वस्तु भित्रिएको छ, जसमध्ये पेट्रोलियम पदार्थ मात्रै २ खर्ब १८ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । यो ९ महिनाको अवधिमा कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा १४.९ प्रतिशत हो । सबैभन्दा धेरै आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ पर्छ ।

आयातमा पेट्रोलियमको हिस्सा बढ्दो

पछिल्ला महिना कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सासमेत बढ्दै गएको राष्ट्र बैंकको वित्तीय विवरणले देखाउँछ । आर्थिक वर्षको पहिलो महिना साउनमा कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा १०.८ प्रतिशत मात्रै थियो । क्रमिक रूपमा बढ्दै कात्तिक मसान्तसम्म १२, माघ मसान्तसम्म आउँदा १३.६ र फागुन मसान्तसम्म १४.१ प्रतिशत पुग्यो ।

गत वर्षको तुलनामा पेट्रोलियम पदार्थको आयात ८२ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको ९ महिनामा जम्मा १ खर्ब १९ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले पनि पेट्रोलियम पदार्थको आयात उच्च देखिएको हो । २०७८ साउनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ५६ डलर आसपास रहेकामा चैत मसान्तसम्म आउँदा यो १०८ डलर आसपास रहन पुग्यो, जसले गर्दा देशको आयातसमेत प्रभावित भएको बताइएको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?