मुलुक २ खर्ब ६८ अर्ब घाटामा, चालु खाता घाटा ५ खर्ब नाघ्यो 

काठमाडौँ — चालु आर्थिक वर्षको नौं महिनामा मुलुकको भुक्तानी सन्तुलन २ खर्ब ६८ अर्ब घाटामा गएको छ । चैतमा मात्रै करिब १० अर्ब घाटा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो वित्तीय प्रतिवेदनअनुसार चैत मसान्तसम्म भुक्तानी सन्तुलन अर्थात शोधनान्तर स्थिति २ खर्ब ६८ अर्बले घाटामा देखिएको हो । अघिल्लो वर्ष यसै अवधिमा ४२ अर्ब ५४ करोडले बचतमा थियो । मुलुकमा भित्रिने र बाहिरिने रकमको अन्तर नै शोधनान्तर स्थिति हो । मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम धेरै हुँदा शोधनान्तर स्थिति घाटामा जान्छ । 

मुलुक २ खर्ब ६८ अर्ब घाटामा, चालु खाता घाटा ५ खर्ब नाघ्यो 

फागुन मसान्तसम्म शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा थियो । समीक्षा अवधिमा चालु खाता ५ खर्ब १२ अर्बले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब १० अर्ब ५१ करोडले घाटामा थियो । समीक्षा अवधिमा पुाजीगत ट्रान्सफर ३९.५ प्रतिशतले कमी आई ७ अर्ब ७८ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३३.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ५१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।


प्रकाशित : वैशाख २८, २०७९ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?