१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एक सातामा बैंकहरूको निक्षेप ५ अर्ब बढ्दा कर्जा रकम भने घट्यो

काठमाडौँ — वैशाख महिनाको पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा ५ अर्ब निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार वैशाख १६ गतेसम्म कुल ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा २३ गतेसम्म ४३ खर्ब ७३ अर्ब कायम भएको छ । यहीं अवधिमा कर्जा प्रवाह भने ४ अर्ब घटेको छ ।

एक सातामा बैंकहरूको निक्षेप ५ अर्ब बढ्दा कर्जा रकम भने घट्यो

वैशाख १६ गतेसम्म कुल ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा २३ गतेसम्म ४१ खर्ब ९३ अर्बमा झरेको छ । वैशाख महिनाको २३ दिनमा कुल १६ अर्ब निक्षेप घटेको छ भने ४ अर्ब कर्जा घटेको छ । चैत मसान्तसम्म यी बैंकमा ४३ खर्ब ८९ अर्ब निक्षेप थियो भने ४१ खर्ब ९७ अर्ब कर्जा प्रवाह भएको थियो । बैंकहरुले असार मसान्तसम्म निक्षेपमा कर्जा अनुपात (सीडी रेसियो) ९० प्रतिशतमुनि झार्नुपर्ने छ । हाल सबै बैंकको औसत सीडी रेसियो ९०.५२ प्रतिशत छ । ९० भन्दा माथि पुगेका बैंकहरु थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामै छन्, जसले गर्दा समग्र कर्जा प्रवाहमा शिथिलता देखिएको छ ।

प्रकाशित : वैशाख २६, २०७९ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?