कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

खुल्ने भयो फेसबुकको पहिलो भौतिक स्टोर

काठमाडौँ — फेसबुकको मूल कम्पनी मेटा प्लाटफर्मले आफ्नो पहिलो भौतिक स्टोर (पसल) को केही झलक देखाएको छ । यसमा भर्चुअल रियालिटि (भीआर) हेडसेट लगाएर गेम खेल्ने सुविधा उपलब्ध हुनेछ भने पोर्टेबल भिडियो कलका उपकरण राखिएका छन् । स्मार्ट ग्लास (चस्मा) पनि बिक्रिका लागि उपलब्ध हुनेछ ।

खुल्ने भयो फेसबुकको पहिलो भौतिक स्टोर

यही सोमबार फेसबुकको उक्त स्टोरको औपचारिक उद्घाटन हुँदैछ । क्यालिफोर्नियास्थित सिलिकन भ्यालीभत्रि रहेको मेटाको रियालिटि ल्याब युनिटमा पसल खोलिएको छ । रियालिटि युनिटले रे–ब्यान स्मार्ट ग्लास, पोर्टेबल भिडियो–कलिङ डिभाइस र ओकुलस भीआर हेडसेट लगायत हार्डवेयर प्रोडक्टहरू बनाइरहेको छ । यिनै सामान बिक्रि गर्न मेटाले स्टोर खोल्न लागेको हो ।

खैरो रङको काठका फर्निचर र सुक्ष्म डिजाइन शैलीमा स्टोर निर्माण गरिएको रोयटर्सले जनाएको छ । दुई दसकअघि एप्पलले स्टोर खोल्दा यही डिजाइन रोजेको थियो । इम्मर्सिभ र सेयर्ड भर्चुअल स्पेस ‘मेटाभर्स’ निर्माणका लागि भर्चुअल र अग्मेन्टेड रियालिटीमा मनग्गे लगानी गरेको विश्वको सबैभन्दा ठूलो सोसल मिडिया कम्पनी, मेटाले भौतिक स्टोर खोल्नुलाई महत्वका साथ हेरिएको छ ।

डिजिटल विज्ञापनमार्फत् आयआर्जन गर्ने मेटाले आफ्ना कतिपय दिर्घकालिन योजनामा लगानी कटौति गरिरहेको छ । यसको सट्टा हार्डवेयर डिभाइस निर्माणमा कम्पनी लागेको छ । पोर्टल गो नामक पोर्टेबल भिडियो च्याट डिभाइसलाई मेटाले प्रवद्र्धन गरिहेको छ । यस्ता स्टोर खोलेर सफलता हासिल गर्नेमा एप्पल उदाहरणीय छन् । गुगल र सामसङले पनि आफ्नै स्टोर खोलेका छन् । माइक्रोसफ्ट, सोनी, अमेजनजस्ता प्रविधि कम्पनीहरूले पनि भौतिक स्टोर सञ्चालन गरिरहेका छन् ।

प्रकाशित : वैशाख २४, २०७९ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?