निजी क्षेत्रलाई अघि नबढाइ देशको अर्थतन्त्र सुधार्न सकिँदैन : पूर्वअर्थमन्त्री पौडेल

अमृता अनमोल

बुटवल — पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थतन्त्रलाई सन्तुलितरुपले अगाडि बढाउन सरकार, सहकारी र निजीक्षेत्रबीच समन्वय हुनुपर्ने बताएका छन् ।

निजी क्षेत्रलाई अघि नबढाइ देशको अर्थतन्त्र सुधार्न सकिँदैन : पूर्वअर्थमन्त्री पौडेल

बुटवलमा बिहीबार आयोजित उद्योगीहरुको भेलामा पौडेलले निजी क्षेत्रलाई अगाडि नबढाइ देशको अर्थतन्त्र सुधार्न नसकिने जनाए । ‘देशको महँगी डबल डिजीटमा पुग्न लागेको छ । जताततै रकम अभाव छ । बैंकमा चेक साट्न जाँदासमेत पाइँदैन,’ उनले भने, ‘आर्थिक अवस्था सुधार्न, महँगी घटाउन र अर्थ व्यवस्था सुधार गर्न सहकारी र निजी क्षेत्रको समन्वय जरुरी छ ।’

निजी क्षेत्र अनुकूलको आर्थिक व्यवस्था नहुँदा देशको अर्थतन्त्र खस्किरहेको बताउँदै पूर्वअर्थमन्त्री पौडेलले मुलुकको आर्थिक विकासलाई निकास दिन एमालेको नीति र नेतृत्व अपरिहार्य रहेको जनाए । सरकारमा आफू अर्थमन्त्री भएका बेला निजी क्षेत्र उत्साहित हुने खालको बजेट ल्याएको भन्दै उनले कोभिड महामारीका बेला पनि अर्थतन्त्र कमजोर हुन नदिएको दाबी गरे ।

‘हामीले बजेट ल्याउँदा सबैखाले उद्योगी व्यवसायीले प्रशंसा गरेका थिए । संस्थागतरुपमा त्यो तहको समर्थन बिरलै प्राप्त हुन्छ । तर यसपालि बजेट ल्याउँदा जताततै विरोध भएको थियो,’ उनले भने, ‘अहिले अर्थतन्त्र नै डामाडोल भयो ।’

प्रकाशित : वैशाख २२, २०७९ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?