कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

आईओसीले पठायो नयाँ मूल्यसूची, १५ दिनमा निगमलाई ५ अर्ब १९ करोड घाटा

काठमाडौँ — भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । सोमबार ( मे १) मा पठाएको मूल्यसूचीअनुसार मट्टितेल, हवाई इन्धनमा निगमलाई नाफा भएको छ । पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासमा भने घाटा बढेको निगमले जनाएको छ ।

आईओसीले पठायो नयाँ मूल्यसूची, १५ दिनमा निगमलाई ५ अर्ब १९ करोड घाटा

‘नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ २ पैसा, डिजेलमा ४० रुपैयाँ १३ पैसा र ग्याँसमा प्रतिसिलिन्डर १ हजार ५० रुपैयाँ १८ पैसा घाटा छ,’ निगमका सहप्रवक्ता पुस्कर कार्कीले भने, ‘मट्टितेल, हवाई इन्धनमा नाफा भए पनि समग्र जोड्दा निगमलाई १५ दिनमा ५ अर्ब १९ करोड घाटा छ ।’

कार्कीका अनुसार मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ८१ पैसा, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२ रुपैयाँ ६४ पैसा र हवाई इन्धन अन्तरार्ष्ट्रियतर्फ ६४ रुपैयाँ ६९ पैसा नाफा छ । नाफा भएको इन्धनको खपत कम छ । डिजेल, पेट्रोल र ग्याँसको खपत अत्यधिक रहेकाले निगमलाई नोक्सानी भएको जनाएको छ ।

प्रकाशित : वैशाख १९, २०७९ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?