कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उद्योग संगठनद्वारा दुई श्रमिक पुरस्कृत

मोरङ — अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उद्योग संगठन मोरङले सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा कार्यरत दुई जना श्रमिकलाई आइतबार पुरस्कृत गरेको छ । 

उद्योग संगठनद्वारा दुई श्रमिक पुरस्कृत

हिमगिरी हाइजिन प्राली बुढीगंगामा २५ वर्षदेखि कार्यरत महिला श्रमिक द्रोपदी राय र जयश्री कम्पनी प्रालीमा ३७ वर्षदेखि कार्यरत श्रमिक महेश चौधरी पुरस्कृत भएका हुन् ।

उद्योग संगठनका कार्यवाहक अध्यक्ष प्रदीप मुरारकाले दुवै जनालाई ११/११ हजार नगद र कदरपत्र प्रदान गरी सम्मान गरेका छन् । मुरारकाले श्रमिक र रोजगारदाताको सम्बन्ध नङ र मासुजस्तो भएकाले रोजगारदाता र ट्रेड यूनियनबीच सम्वाद र सहकार्यले श्रम सम्बन्धी समस्याको समाधान गर्न जोड दिए ।

प्रकाशित : वैशाख १८, २०७९ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?