कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

राष्ट्रिय लेखा तथ्याङ्क : यस्ता छन् आर्थिक सूचकहरू

काठमाडौँ — केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्ष २०७८/७९ को राष्ट्रिय लेखा तथ्याङ्क सम्बन्धी विवरण सार्वजनिक गरहेको छ । चालु आर्थिक वर्षको ९ महिना अवधि अर्थात् साउनदेखि चैत मसान्तसम्मको वास्तविक तथ्यांक र वैशाख देखि आगामी असारसम्म तीन महिना अवधिको अनुमानित तथ्याङ्कका आधारमा विभागले यस्तो विवरण सार्वजनिक गरेको हो ।

राष्ट्रिय लेखा तथ्याङ्क : यस्ता छन् आर्थिक सूचकहरू

विभागका अनुसार चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर उपभोक्ताको मूल्यमा ५.८४ प्रतिशत र आधारभूत मूल्यमा ५.४९ प्रतिशत रहने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनको आकार आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब ५४ करोड र उपभोक्ता मूल्यमा ४८ खर्ब ५१ अर्ब ६३ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

विभागको तथ्याङ्कअनुसार चालु मूल्यमा कुल स्थिर पुँजी निर्माण १४ खर्ब २५ अर्ब ८ करोड तर्थात् जीडीपीको २९.३७ प्रतिशत रहेको छ । त्यस्तै चालु मूल्यमा अन्तिम उपभोग खर्च ४४ खर्ब १ अर्ब ६७ करोड अर्थात् जीडीपीको ९०.७३ प्रतिशत बराबर रहेको छ । चालु आर्थिक वर्षमा वस्तु तथा सेवा निर्यात ३ खर्ब २० अर्ब ७१ करोड अर्थात् जीडीपीको ६.६१ प्रतिशत र आयात १८ खर्ब २० अर्ब ८२ करोड अर्थात् जीडीपीको ४१.४९ प्रतिशत पुग्ने अनुमान गरिएको छ । त्यस्तै राष्ट्रिय बचत जीडीपीको ३१.९५ प्रतिशत र विप्रेषण ९ खर्ब ६१ अर्ब ७ करोड अर्थात् जीडीपीको १९.८१ प्रतिशत रहने प्रक्षेपण छ ।


विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ लाख ६४ हजार ५९८ रुपैयाँ अर्थात् १ हजार ३७२ अमेरिकी डलर बराबर रहेको छ भने प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन १ लाख ६५ हजार ६४९ रुपैयाँ अर्थात् १ हजार ३८१ अमेरिकी डलर बराबर रहेको छ ।

जीडीपीमा सबैभन्दा बढी कृषि, वन तथा माछापालन क्षेत्रको योगदान २३.९५ प्रतिशत बराबर रहेको छ । त्यस्तै थोक तथा खुद्रा व्यापार, मोटरगाडी तथा त्यसका मर्मतसम्भार सम्बन्धी क्षेत्रको जीडीपीमा योगदान १६.४० प्रतिशत बराबर योगदान छ । घरजग्गा क्षेत्रले ८.७९, शिक्षा क्षेत्रले ८.१०, सार्वजनिक प्रशासन तथा सामाजिक सुरक्षा क्षेत्रले ७.७३, वित्तीय तथा बिमा सम्बन्धी क्रियाकलापले ६.८६, निर्माण क्षेत्रले ६.१७, औद्योगिक उत्पादनले ५.६५ र यातायात तथा भण्डारण क्षेत्रले ५.९८ प्रतिशत योगदान गरेको छ ।


प्रकाशित : वैशाख १५, २०७९ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?