नेपाली चिकित्सक सगरमाथा आरोहणमा

काठमाडौँ — कोभिड–१९ महामारीविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको सम्मानका लागि काठमाडौंकी एक ३० वर्षीया चिकित्सक सगरमाथा आरोहणमा निस्किएकी छन् । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत अर्घाखाँचीकी मेडिकल अफिसर प्रिती भुसाल यसपटकको वसन्तकालीन हिमाल आरोहण सिजनमा सगरमाथा चढ्न शुक्रबार त्यसतर्फ लागेकी हुन् ।

नेपाली चिकित्सक सगरमाथा आरोहणमा

‘कोभिड माहामारीका बेला फ्रन्टलाइनर चिकित्सक, नर्स, फर्मासिष्ट, अस्पताल प्रशासनका कर्मचारी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्तालगायतको योगदानको उच्च सम्मान गर्न सगरमाथा आरोहण गर्दैछु,’ आइतबार नाम्चे पुगेकी भुसालले कान्तिपुरसँग भनिन् ।

७५ हजार सलामी दस्तुर पर्यटन विभागमा बुझाई नेपाली आरोहण दलको एकल नेतृत्व गर्दै गएकी प्रितीलाई हिमालयन सेपर्ड इको टुरिजमका तर्फबाट पेम्बा दोर्जे शेर्पाले गाइड गर्ने छन् । ढाकाबाट एमबीबीएस अध्ययन गरेकी भुसालले आफ्नो आरोहण अभियानले जलवायु परिवर्तनको असर र उच्च हिमाली भेगमा बढ्दै गइरहेको प्रदूषणबारे पनि जागरण गराउने बताएकी छन् ।


प्रकाशित : वैशाख ४, २०७९ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?