नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त

काठमाडौँ — नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा पौडेल नियुक्त

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुद्धि आचार्य, संगीता पहाडी र पौडेलको नाम सिफारिस गरेको थियो । पौडेलको नियुक्तिको विषयलाई लिएर टेलिकमका कर्मचारीहरुले भने विरोध गरिरहेका छन् ।

प्रकाशित : चैत्र २४, २०७८ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?