कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

युनिग्लोबको अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन सुरु

काठमाडौँ — राजधानीमा दुईदिने अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन सुरु भएको छ । युनिग्लोब कलेजले आयोजना गरेको सम्मेलनमा अमेरिका, फ्रान्स, स्लोभानिया, मलेसिया, भारतसहित ६ मुलुकका विद्यार्थी तथा शैक्षिक क्षेत्रका विद्वत व्यक्तिको सहभागिता रहेको छ ।

युनिग्लोबको अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन सुरु

बिहीबारसम्म चल्ने सम्मेलन उद्घाटन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रेम नारायण अर्यालले अनुसन्धान तथा खोजमूलक अध्ययनमा यस्ता कार्यक्रम निकै फलदायी हुने विश्वास व्यक्त गरे । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुमा रिसर्च म्यानेजमेन्ट सेलको स्थापना गरेकोमा युनिग्लोबमा स्थापित उक्त सेलले निकै सक्रिय ढंगले काम गरेको भन्दै उनले प्रशंसासमेत गरे ।

अन्तर्राष्ट्रिय क्षेत्रसम्म शैक्षिक सम्बन्ध विकास गर्न र खोजमूलक अनुसन्धानप्रति विद्यार्थीको रुची बढाउने उद्देश्यले सम्मेलन आयोजना गरेको कलेजका शैक्षिक निर्देशक राधेश्याम प्रधानले बताए । उनका अनुसार सम्मेलनमा विभिन्न ६ राष्ट्रका प्राज्ञिक व्यत्तित्वले आफ्नो अनुभव, विचार र अनुसन्धानहरु प्रस्तुत गर्नेछन् । सम्मेलनको पहिलो दिन कलेजमा बीबीए, बीबीए–बीआई, एमबीए र एमबीए (फाइनान्स) मा अध्ययनरत विद्यार्थीले कार्यपत्र प्रस्तुत गरेका थिए । विदेशी विद्यार्थी, रिसर्च स्कलरलगायतले पनि अनुसन्धनात्मक कार्यपत्र प्रस्तुत गरेका कलेजका प्राचार्य नरबहादुर विष्टले जानकारी दिए । ‘बिहीबारसम्म ८ वटा टेक्निकल सेसन र २ वटा प्लेनरी सेसन रहनेछ,’ उनले भने ।

पहिलो दिनको प्लेनरी सेसनमा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, राष्ट्रिय योजना आयोगका सदस्य राम फुयाँल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक गोविन्द नेपाल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाको उपस्थिति थियो । बिहीबार पूर्वराजदुत एवं वरिष्ठ अर्थविद् विश्वम्भर प्याकुरेल, त्रिवि विदेश सम्बन्ध तथा डिप्लोम्यासी विभाग प्रमुख खड्ग केसी र कूटनीतिक सम्बन्ध विज्ञ मनिस थापाले आफ्नो विचार व्यक्त गर्ने प्राचार्य विष्टले जानकारी दिए । सम्मेलनको यो नवौं संस्करण हो ।

प्रकाशित : चैत्र २३, २०७८ २२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?