चोभार सुक्खा बन्दरगाह सञ्चालनमा

काठमाडौँ — चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार औपचारिक रुपमा बन्दरगाह सञ्चालनको उद्घाटन गरे । वीरगन्जबाट आएको मालबाहक ट्रकलाई प्रवेश गराएर बन्दरगाह सञ्चालनको आरम्भ गरिएको छ । अब व्यवसायीले आयात गरेका वस्तु बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गराउन पाउने भएका छन् ।

चोभार सुक्खा बन्दरगाह सञ्चालनमा

सीमास्थित भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी अब सिधै चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयमा जाँचपास गर्न सकिनेछ । सीमाबाट बन्दरगाह भन्सारसम्म महानिर्देशकले तोके बमोजिमको सडक मार्गबाट सामान लैजान आन्तरिक परिवहनको सुविधा दिइनेछ । सुविधा लिन चाहने पैठारीकर्ताले प्रणालीबाटै फारम मुद्रण गरी सीमास्थित भन्सार कार्यालयका अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ ।

बन्दरगाह नहुँदा सडक–सडकबाटै भन्सार जाँचपास हुने गरेको थियो । अब मालवाहक सबै सवारीसाधन बन्दरगाहभित्र आउँछन्, दर्ता गर्छन्, पार्किङमा जान्छन्, आवश्यक परे तिनले गोदामसमेत प्रयोग गर्छन् । भन्सार प्रक्रिया सुरु हुन्छ, सामानको जाँचपास हुन्छ । भन्सार 'क्लियर' भएपछि मालवाहक गाडी बन्दरगाह परिसरबाट बाहिर निस्कन्छन् । भन्सार प्रयोजनका लागि सुव्यवस्थित हिसाबले प्रक्रिया पूरा गर्न बन्दरगाह निर्माण गरिएको हो ।



प्रकाशित : चैत्र २२, २०७८ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?