अर्थ समितिको बैठक स्थगित

काठमाडौँ — प्रतिनिधिसभाको अर्थ समितिको समोबारको बैठक स्थगित गरिएको छ । काेरम नपुगेपछि बैठक स्थगित भएको सांसद सत्य पहाडीले जानकारी दिइन् ।

अर्थ समितिको बैठक स्थगित

समितिले सोमबार अर्थ मन्त्रालयसँग आगामी आर्थिक वर्षको बजेटको तयारीका सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने सूचना जारी गरेको थियो ।

आइतबारका दुई बैठकमा आएका सुझाव सोमबार मन्त्रालयका अधिकारी समक्ष राख्ने र त्यहाँ पनि उठेका कुरालाई एकीकृत पारेर सरकारलाई समितिका निर्णय भन्दै सुझाव पठाउने समितिले तयारी गरेको थियो ।

प्रकाशित : चैत्र १४, २०७८ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?