कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सुनको भाउ १ हजार ८ सय घट्यो

काठमाडौँ — मंगलबार सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँ घटेको छ । सोमबार प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख ५ सय रुपैयाँ कायम भएको हो ।

सुनको भाउ १ हजार ८ सय घट्यो

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दै गएकाले नेपालमा पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत बुधबार प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँको उच्च मूल्य रेकर्ड बनाएपछि सुनको भाउ क्रमिक रुपमा ओरालो लागेको छ ।

महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ । सोमबार तोलाको १४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १३८० मा झरेको हो । गत बुधबार चाँदीको मूल्य प्रतितताेला १४५० रुपैयाँ पुगेकाे थियो ।


प्रकाशित : चैत्र १, २०७८ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?