कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

डिम्याट खाता खोल्नेको संख्या ५० लाख नाघ्यो 

के हो डिम्याट खाता, कसरी खोल्ने ? 
कान्तिपुर संवाददाता

काठमाडौँ — डिम्याट खाता खोल्नेको संख्या ५० लाख नाघेको छ । सीडीएससीका अनुसार मंगलबारसम्म कुल ५० लाख ७ हजार २४२ ले डिम्याट खाता खोलेका छन् । ४ महिनामा थप ४ लाखले यस्तो खाता खोलेका छन् । कात्तिकको तेस्रो सातासम्म कुल ४६ लाखले खाता खोलेका थिए ।

डिम्याट खाता खोल्नेको संख्या ५० लाख नाघ्यो 

यस्तो खाता खोल्नेको संख्या बढ्दै गएपनि कतिपय खाताहरु निष्क्रिय रहेको पाइन्छ । त्यस्तै एउटा व्यक्तिले दुई वटा खाता पनि खोलेको हुन सक्छन् । त्यसैले पनि प्राथमिक सेयर (आईपीओ) भर्नेको संख्या भने २७ लाख हाराहारी हुने गरेको छ । त्यस्तै आईपीओ भर्नका लागि प्रयोग हुने अनलाइन प्रणाली ‘मेरो सेयर’मा कुल ४१ लाख ९० हजार आवेदक दर्ता भएको सीडीएससीले जनाएको छ ।

के हो डिम्याट खाता, कसरी खोल्ने ?

डिम्याट शब्द अंग्रेजी शब्द 'डिमेट्रिलाइज्ड्' को छोटो रुप हो । यसको नेपाली अर्थ अभौतिक हुन्छ । भौतिक अर्थात कागजी सेयर प्रमाणपत्रलाई अभौतिक अर्थात अनलाइन प्रणालीको व्यवस्था हुनु नै डिम्याट हुनु हो । अर्थात सेयर जम्मा गर्ने अनलाइन प्रणाली नै डिम्याट खाता हो । डिम्याट खाताको व्यवस्था भएपछि कागजी प्रमाणपत्र छपाई तथा कारोबार हटेको छ । सेयर किन्नेले सिधै डिम्याट खातामा पाउने र बेच्नेको खाताबाट घट्ने गरेको छ ।

यस्तो खाता विभिन्न बैंक वा तिनका सहायक कम्पनीमा खोल्न सकिन्छ । त्यस्तै कतिपय ब्रोकर कम्पनीले पनि खाता खोलिदिने गरेका छन् । यस्तो खाता खोलिदिने संस्थालाई निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट अर्थात डीपी) भनिन्छ । यस्तो डीपीको संख्या ८२ वटा छ (डिम्याट खाता खोल्ने कम्पनीको नाम सूची) ।

यिनै ८२ संस्थामध्ये कुनैमा डिम्याट खाता खोल्न सकिन्छ । डिम्याट खाता खोलिसकेपछि डिम्याट खाता नम्बर प्राप्त हुन्छ । तिनै संस्थामा आईपीओ भर्नका लागि चाहिने अनलाइन प्रणाली ‘मेरो सेयर’को युजरनेम र पासवर्ड लिन सकिन्छ । त्यो युजरनेम र पासवर्ड प्रयोग गरी अनलाइन प्रणाली मेरो सेयरमार्फत आईपीओ भर्न सकिन्छ । साथै आफ्नो खातामा भएको सेयर पनि हेर्न र बेचिसकेपछि ट्रान्सफर गर्न सकिन्छ । डिम्याट खाता नभएसम्म आईपीओ पनि भर्न पाइँदैन भने दोस्रो बजारबाट पनि सेयर किनबेच गर्न पाइँदैन ।


प्रकाशित : फाल्गुन १७, २०७८ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?