२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

ब्याजदर बढाउँदा पनि बैंकमा आएन निक्षेप 

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंकहरुले फागुनदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर बढाए । फागुनअघि व्यक्तिगत मुद्दतीमा १०.०५ प्रतिशत ब्याज दिँदै आएका वाणिज्य बैंकहरुले फागुनदेखि ११.०३ प्रतिशतसम्म दिन थालेका छन् । सबैजसो बैंकले यहीं दरमा ब्याजदर तोकेका छन् । बचत खातामै अहिले बैंकहरुले कम्तीमा ६.०३ प्रतिशत ब्याज दिन थालेका छन् । फागुनअघि ५.०५ प्रतिशत थियो । 

ब्याजदर बढाउँदा पनि बैंकमा आएन निक्षेप 

निक्षेप नबढेपछि तरलता अभाव भएसँगै बैंकहरुले दिने ब्याजदर बढाएका थिए । तर ब्याजदर बढे पनि निक्षेपको अवस्थामा भने सुधार देखिएको छैन । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार माघ २९ पछि १२ दिनमा जम्मा २ अर्ब मात्रै निक्षेप थपिएको छ । माघ २९ गतेसम्म २७ वाणिज्य बैंकमा कुल ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा फागुन ११ गतेसम्म आउँदा ४३ खर्ब १३ अर्ब कायम भएको छ ।

बरु निक्षेपभन्दा कर्जा प्रवाह ५ गुणा बढेको छ । माघ २९ यताको १२ दिनमा कर्जा १० अर्बले बढेको हो । माघ २९ सम्म बैंकहरुले कुल ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा फागुन ११ गतेसम्म आउँदा ४१ खर्ब ६५ अर्ब कायम भएको छ ।


प्रकाशित : फाल्गुन १६, २०७८ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?