१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सेयर बजारमा उच्च गिरावट, कारोबार भने बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा उच्च गिरावट आएको छ । परिसूचक नेप्से ५८. ९९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६६१ अंकमा झरेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । बिहीबार कुल ४ अर्ब २९ करोडको कारोबार भएको छ । बुधबार ३ अर्ब १३ करोडको कारोबार भएको थियो । 

सेयर बजारमा उच्च गिरावट, कारोबार भने बढ्यो

सबै उपसमूह खस्किएका छन् । बैंकिङ ३०, ब्यापार ५०, होटल तथा पर्यटन ४८, विकास बैंक ११५, जलविद्युत् ९०, फाइनान्स ६९, निर्जीवन बीमा २४५, उत्पादन १२९, अन्य ६५, माइक्रोफाइनान्स १०९, जीवन बीमा ४१८ र लगानी उपसमूह २ अंकले घटे ।

१५८ कम्पनीको मूल्य घट्दा ६ को बढ्यो । हिमालयन जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । बढेका अरुको मूल्यवृद्धि २ प्रतिशतभन्दा मुनि रह्यो । युनिभर्सल पावर, न्यादी हाइड्रोपावर, नयाा सारथी लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको मूल्य ५ प्रतिशतभन्दा धेरैले घट्यो । कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर, नेपाल टेलिकम, जीवन विकास लघुवित्त, अरुणभ्याली हाइड्रोपावर र हिमालयन डिस्टलरी क्रमश: अगाडि रहे ।

प्रकाशित : फाल्गुन १२, २०७८ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?