१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

राप्ती र गोकर्णेश्वरलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ र चितवनको राप्ती नगरपालिका–६ लाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ ।

राप्ती र गोकर्णेश्वरलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

शुक्रबार मन्त्रीपरिषद् बैठकको निर्णय सुुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले पक्षी नष्ट गर्ने कार्य समाप्त भएको मितीबाट ४२ दिनसम्मका लागि बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय भएको बताए ।

‘गोेकर्णेश्वरस्थित गोविन्द मगरले पक्षी पालेको स्थान र राप्ती नगरपालिका–६ को अनिता पशुपक्षी कृषि फार्मलाई केन्द्र मानी १ सय मिटर वरपरको क्षेत्रमा पक्षी नष्ट गर्ने कार्य समाप्त भएको मितीबाट ४२ दिनसम्मका लागि बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरी नियन्त्रण गर्ने निर्णय भएको छ,’ उनले भने ।

उक्त क्षेत्रमा फागुन १ गते बर्ड फ्लु भेटिएको थियो । बर्ड फ्लु भेटिएपछि गोकर्णेश्वरमा २० वटा स्थानीय कुखुरा, ५ वटा परेवा र ३ वटा लौकाट नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ । चितवनमा १ हजार ९ सय १३ वटा लेयर्स कुखुरा, १४ वटा हाँस, २० वटा हाँसका अन्डा, १ हजार केजी दाना र ३ सय ५० वटा अन्डाको क्रेट नष्ट गरिएको छ । महिना दिनअघि मोरङमा पनि बर्ड फ्लु देखिएको थियो ।

प्रकाशित : फाल्गुन ६, २०७८ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?