कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

तीन महिनामा ८% मूल्यवृद्धि हुने प्रक्षेपण

कान्तिपुर संवाददाता

काठमाडौँ — आउँदा महिनामा मूल्यवृद्धिदरमा चाप पर्ने सम्भावना रहेको राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको ‘मूल्यवृद्धि अनुमान सर्वेक्षण’ ले तीन महिनाभित्र मूल्यवृद्धिदर ८ प्रतिशत र एक वर्षमा १० प्रतिशत हुन सक्ने अनुमान गरेको छ ।

तीन महिनामा ८% मूल्यवृद्धि हुने प्रक्षेपण

आगामी तीन महिनाको प्रक्षेपण यसअघिको भन्दा २ प्रतिशत बिन्दुले कम हो । एक वर्षको प्रक्षेपण भने यसअघिकै बराबर हो । यसअघि राष्ट्र बैंकले तीन महिनामा १०.६ र एक वर्षमा ११.३ प्रतिशतले मूल्यवृद्धि हुन सक्ने अनुमान गरेको थियो ।

सर्वेक्षणमा सहभागी उत्तरदातामध्ये करिब ९२ प्रतिशतले आगामी तीन महिना र करिब ९७ प्रतिशतले आगामी एक वर्षमा मूल्य बढ्ने प्रक्षेपण गरेको राष्ट्र बैंकले जनाएको छ । उत्तरदाताहरूले गत असोजको तुलनामा आगामी तीन महिनामा खाद्यान्न, दाल, चिनी, मसला, माछा–मासु, दूध, घिउ अनि तेलको मूल्य बढ्ने र तर रियल इस्टेटको घट्ने अनुमान गरेका छन् ।

आउँदो एक वर्षमा तरकारी, फलफूल, माछा–मासु, तेल, मदिरा र सुर्तीलगायत वस्तुको मूल्य गत असोजको तुलनामा बढ्ने अनुमान गरेका छन् । तर गत असोजको तुलनामा आउँदो एक वर्षमा होटल/रेस्टुरेन्ट र रियल इस्टेट क्षेत्रको मूल्य घट्ने अनुमान गरेको सर्वेक्षणले उल्लेख गरेको छ । राष्ट्र बैंकले गत असोज २१ देखि २७ गतेसम्ममा मुलुकभरका १७ वटा ठूला सहरी क्षेत्रका १४ वटा बजारबाट विभिन्न उमेर समूहका उपभोक्तासँग स्थलगत अन्तर्वार्ता गरेर सर्वेक्षण गरेको जनाएको छ । सोही क्रममा सहरी क्षेत्रका ७ सय २० व्यक्तिगत उपभोक्ताबाट प्राप्त उत्तरका आधारमा सर्वेक्षणको नतिजा निकालिएको राष्ट्र बैंकले प्रस्ट्याएको छ ।

प्रकाशित : फाल्गुन ५, २०७८ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?