कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

निर्माणमा ढिलाई गर्ने कम्पनीलाई नै सिद्धबाबा सुरुङमार्गको अर्काे ठेक्का 

कान्तिपुर संवाददाता

काठमाडौँ — सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले समयमै काम नसक्ने निर्माण कम्पनीलाई फेरि अर्को ठूलो आयोजना जिम्मा दिएको छ । नारायणगढ–बुटवल सडक निर्माणमा ढिलाई गरिरहेको चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले फेरि सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का पाएको हो । चारवटा कम्पनीमध्ये सबैभन्दा कम आर्थिक प्रस्ताव पेश गर्ने उक्त कम्पनी निर्माणका लागि छनोट भएको हो । ठेक्का रकम ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ रहेको छ । सुरुङमार्गको दूरी १ दशमलव १ किलोमिटर रहनेछ ।

निर्माणमा ढिलाई गर्ने कम्पनीलाई नै सिद्धबाबा सुरुङमार्गको अर्काे ठेक्का 

गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभात झाका अनुसार सूचना निकालेको ७ दिनभित्र उजुरी दिने म्याद हुने छ । यो अवधिमा निर्माण कम्पनीको बारेमा कसैले उजुरी दिन सकिने छ । उजुरी नपरे सोको सात दिनको म्याद सकिएपछि अर्थात १५ दिनभित्र ठेक्का सम्झौता हुने उनको भनाइ छ । नारायणगढ–बुटवल सडकको ठेक्का यो निर्माण कम्पनीले २०७५ पुस ७ गते लिएको हो । २०७९ साउन २२ भित्र निर्माणसक्नु पर्ने छ । तर निर्माण समयावधि ६ महिना बाँकी हुँदा भौतिक प्रगति जम्मा १२ प्रतिशत मात्र छ ।

सो आयोजनामा दुई खण्ड गरेर ठेक्का रकम १७ अर्ब रुपैयाँ छ । सडक निर्माणमा ढिलाई भएको भन्दै स्थानीयले दैनिक आक्रोश पोख्ने गरेका छन् । उक्त सडक निर्माणमा ढिलाई गरेको थाहा पाउँदा पाउँदै सो कम्पनीलाई नै यसअघि नेपाली सेनाले अर्को निर्माणको ठेक्का लगाइसकेको छ । काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) मा दुई वटा मध्ये एउटा प्याकेजको सुरुङको ठेक्का उक्त निर्माण कम्पनीले लिएको छ । यो कम्पनीले बैशाखमा छोक्रेडाँडादेखि धेद्रेसम्म ३.३५५ किलोमिटर सुरुङ निर्माणको ठेक्का पाएको हो । ठेक्का रकम २१ अर्ब ६१ करोड रुपैयाँ छ  ।


प्रकाशित : फाल्गुन १, २०७८ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?