कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

डोटी र डडेलधुरामा ३५० मेगावाटको सोलार आयोजना सर्वेक्षण गर्न अनुमति 

काठमाडौँ — मंगलबार बसेको लगानी बोर्डको बैठकले सुदूरपश्चिम प्रदेशका दुईवटा जिल्लामा ३५० मेगावाट क्षमताको सोलार आयोजना सर्वेक्षण गर्न अनुमति दिएको छ ।  बोर्डको आजको बैठकले भारतीय कम्पनी सेन्ट्रल इलेक्ट्रोनिक्स इनर्जी लिमिटेडलाई डडेलधुरा र डोटीमा गरेर साढे ३ सय मेगावाट सौर्य उर्जा आयोजनाको अध्ययन अनुमति दिने निर्णय गरेको हो । जसअन्तर्गत डडेलधुराको अमरगढीमा २२५ मेगावाट र डोटीको सिलगढीमा १२५ मेगावाट क्षमताको सोलार आयोजनाका लागि अध्ययन गरिनेछ । 

डोटी र डडेलधुरामा ३५० मेगावाटको सोलार आयोजना सर्वेक्षण गर्न अनुमति 

बोर्डको ४९ औं बैठकले परियोजना विकासतर्फ तल्लो अरुण जलविद्युत आयोजनाको प्रारम्भिक अध्ययन प्रतिवेदन (इन्सेप्सन रिपोर्ट) पनि स्वीकृत गरेको छ । त्यस्तै, परियोजनाको सहजीकरणतर्फ अरुण–३ जलविद्युत् आयोजनाको पीडीएमा भएको प्रावधानअनुसार विकासकर्ताको स्वामित्वमा रहेको जग्गा धितोबन्धक राख्नेबारे पनि बोर्डबाट अनुमोदन भएको लगानी बोर्डको कार्यालयले जनाएको छ । अरुण ३ को विकासकर्ताले प्रवर्द्धकबाट लिएको ऋण स्वीकृति अनुमोदन पनि बोर्डले गरेको छ ।

त्यस्तै, निजी क्षेत्रका छाता संस्थाहरुसँग लगानी प्रवर्द्धन तथा समन्वय गर्नका लागि पहल गर्ने विषयबारे आजको बोर्ड बैठकमा छलफल भएको जनाइएको छ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सम्बन्धमा सुझाव दिन गठित कार्यदलको समय थप सम्बन्धी प्रस्ताव पनि आजको बोर्ड बैठकमा पेश गरिएको थियो ।

प्रकाशित : माघ २५, २०७८ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?