कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अघिल्ला ५ दिनसम्म लगातार घटेको सुन मंगलबार बढ्यो 

काठमाडौँ — अघिल्ला ५ दिनसम्म लगातार घटेको सुनको मूल्य मंगलबार भने बढेको छ । हिजोको तुलनामा मंगलबार प्रतितोला १ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको छ । 

अघिल्ला ५ दिनसम्म लगातार घटेको सुन मंगलबार बढ्यो 

गत बुधबारदेखि सोमबारसम्म सुनको मूल्य निरन्तर घटेको थियो । बुधबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँ रहेको सुन बिहीबार ९ सय, शुक्रबार/शनिबार ९ सय, आइतबार ४ सय र सोमबार ४ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । प्रतितोला १२४० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । गत बुधबार चाँदीकाे मूल्य ताेलामा १३ सय रुपैयाँ ताेकिएको थियो ।


प्रकाशित : माघ १८, २०७८ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?