३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दुई दिनमा १८ सय घट्यो सुन

काठमाडौँ — दुई दिनमा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँ घटेको छ । यसअघि बिहीबार ९ सय घटेको सुन शुक्रबार फेरि ९ सयले घटेको हो  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

दुई दिनमा १८ सय घट्यो सुन

तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ छ ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १७९७ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि उच्च दरले घटेको छ । दुई दिनमा तोलामा ३५ रुपैयाँले चाँदी घटेको छ । बुधबार १३ सय रुपैयाँ रहेको चाँदी बिहीबार १२९० मा झरेको थियो भने शुक्रबार १२६५ मा कारोबार भएको छ ।


प्रकाशित : माघ १४, २०७८ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?