सेयर कारोबार घटेको घट्यै 

काठमाडौँ — सेयर कारोबार रकम दिनप्रतिदिन घट्दै गएको छ । साता कारोबारको अन्तिम दिन बिहीबार कुल ३ अर्ब ३४ करोड रुपैयाँको सेयर किनबेच भयो । जुन कारोबार रकम अघिल्लो दिनको तुलनामा झण्डै १ अर्ब कमी हो । यसअघि बुधबार ४ अर्ब ३१ करोडको कारोबार भएको थियो । त्यस्तै मंगलबार ५ अर्ब ३९ करोडको कारोबार भएको थियो भने सोमबार ८ अर्ब ८८ करोडको भएको थियो । 

सेयर कारोबार घटेको घट्यै 

बिहीबार सेयर बजारको परिसूचक नेप्से जम्मा ३. २९ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २७७९ अंकमा कायम भएको छ । कुल ९० कम्पनीको मूल्य बढ्यो भने ८६ को घट्यो । त्यस्तै १५ कम्पनीको मूल्य स्थिर रह्यो । बैंकिङ ४, विकास बैंक २१, होटल तथा पर्यटन २१, जीवन बीमा १ र ब्यापार उपसमूह ७ अंकले घटे । फाइनान्स १४, जलविद्युत ५, उत्पादन २५, लघुवित्त ५, निर्जीवन बीमा १३२ र अन्य उपसमूह १७ अंकले बढे ।

विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो । सीईडीबी हाइड्रोपावरको मूल्य ८.७ प्रतिशतले बढ्यो । नेसनल लाइफ लाइफ, नेपाल टेलिकम, अपी पावर, शिखर इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स कम्पनी कारोबार रकमका आधारमा उत्कृष्ट पााचभित्र पर्न सफल भए ।


प्रकाशित : माघ १३, २०७८ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?