९ सय रुपैयाँ घट्यो सुनको मूल्य 

काठमाडौँ — बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ९ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

९ सय रुपैयाँ घट्यो सुनको मूल्य 

त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार ९ सयबाट ९३ हजारमा झरेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । बुधबार तोलामा १३ सय रुपैयाँ रहेको चाँदी बिहीबार १२९० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔंस सुनको मूल्य १८१२ अमेरिकी डलर हाराहारीमा छ ।


प्रकाशित : माघ १३, २०७८ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?