कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेप्से २८ सयमुनि,  सबै उपसमूह घटे    

कारोबार रकम १ अर्ब ८ करोड घट्यो

काठमाडौँ — बुधबार सेयर बजारको परिसूचक नेप्से  २८ सय अंकमुनि झरेको छ । सामान्य उतारचढावका बाबजुद अघिल्लो दिनको तुलनामा नेप्से ३८. ४५ अंकले घटेको छ । सो अंक झरेसँगै परिसूचक २७७६ अंकमा कायम भएको हो । यो साताको सुरुवातदेखि नै नेप्से ओर्लिरहेको छ । 

नेप्से २८ सयमुनि,  सबै उपसमूह घटे    

कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा १ अर्ब ८ करोडले कमी आएको छ । मंगलबार ५ अर्ब ३९ करोडको कारोबार भएकोमा बुधबार ४ अर्ब ३१ करोडमा सीमित भयो । जम्मा १५ कम्पनीको सेयर मूल्य बढ्यो भने १७० को घट्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो ।

सबै उपसमूह घटेका छन् । बैंकिङ २२, विकास बैंक ८४, फाइनान्स ५९, होटल तथा पर्यटन १५, जलविद्युत् ५२, जीवन बीमा २९८, उत्पादन ५४, लघुवित्त ६३, निर्जीवन बीमा १४६, अन्य २४ र व्यापार उपसमूह २९ अंकले घटे ।

विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो । सो मूल्य बढेपछि विन नेपालको प्रतिकित्ता १२१६.६० तथा बुद्धभूमिको ४६३.२० कायम भएको छ । अपी पावर, अरुणभ्याली, माथिल्लो तामाकोसी, एचआईडीसीएल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कारोबारका आधारमा क्रमश: अगाडि रहे ।


प्रकाशित : माघ १२, २०७८ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?