१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

कुन बैंकको ब्याजदर कति बढ्यो ?

ऋण लिनेलाई कुन बैंकको ब्याज सस्ताे ?

काठमाडौँ — बैंकहरुले आधार दरका आधारमा ऋणको ब्याजदर तय गर्छन् । आधार दर घट्दै जाँदा ऋणको ब्याजदर पनि घट्दै जान्छ भने आधार बढ्दै जाँदा ऋणको पनि बढ्छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले हरेक त्रैमासमा आधार दर गणना गर्नुपर्छ । यसरी गणना गर्दा आधार दरमा आएको परिवर्तनअनुसार ऋणको ब्याजदर पनि घटबढ गर्नुपर्छ । नयाँ वा पुराना दुबै ऋणीलाई ब्याजदर परिवर्तन हुन्छ । 

कुन बैंकको ब्याजदर कति बढ्यो ?

पछिल्ला महिनामा बैंकहरुको आधार दर बढ्दै गएको छ । सोअनुसार ऋणको ब्याज पनि बढ्दै गएको छ । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक (पुस मसान्तसम्मको) वित्तीय विवरणअनुसार तीन महिनामै औसत व्याजदर करिब १ प्रतिशत बिन्दुले बढेको छ । असोज मसान्तसम्म २७ बैंकहरुको औसत आधार दर ७.५३ प्रतिशत रहेकोमा पुस मसान्तसम्म आउँदा ८.४० प्रतिशत पुगेको छ ।

बैंकहरूले प्रकाशन गरेको विवरणअनुसार गत असोजको तुलनामा मेगा र बैंक अफ काठमान्डुबाहेक सबै बैंकको आधार दर बढेको छ । गत पुसमा बैंकहरूको आधार दर न्यूनतम ०.४१ र अधिकतम १.९६ प्रतिशत बिन्दुले बढेको छ । यसका आधारमा ४ वटा बैंकको आधार दर ९ प्रतिशतभन्दा बढी, १६ वटाको ८ प्रतिशतभन्दा बढी, ५ वटाको ७ प्रतिशतभन्दा बढी र २ वटाको ६ प्रतिशतभन्दा बढी छ ।

बैंकहरुले आधार दरमा जोड्ने प्रिमियम दर पनि ऋणीलाई ताेकिने ब्याजदरका लागि महत्वपूर्ण छ । सामान्यत: बैंकहरुले आधार दरमा २ देखि ५ सम्म प्रिमियम जोडेर ऋणीका लागि ब्याजदर तोकिदिने गरेका छन् । यदी कुनै बैंकको आधार दर ९ प्रतिशत छ र उसले २ प्रतिशत प्रिमियम जोड्ने हो भने ऋणीलाई ११ प्रतिशत ब्याजदर पर्न आउँछ ।

प्रिमियम दर कति तोक्ने भन्ने निर्धारण गर्न बैंकहरुलाई स्वतन्त्रता छ । ऋण लिएपछि गर्ने व्यवसायको प्रकृति, धितोको मूल्य, ऋणीसँगको विगत कारोबार लगायत पक्ष हेरेर बैंकहरुले प्रिमियम दर निर्धारण गर्छन् । थोरै आधार दर भएको बैंकको ब्याजदर प्राय कम नै हुने भएकाले ऋणीका लागि त्यस्ता बैंक रोजाइमा पर्छन् ।

कुन बैंकको आधार दर कति (प्रतिशतमा)

बैंक

ब्याजदर, पुस मसान्त

ब्याजदर, असोज मसान्त

राष्ट्रिय वाणिज्य

६.६०

५.६३

स्टयाडर्ड चार्टर्ड

६.८३

५.१८

नेपाल

७.०८

५.९३

नबिल

७.३९

६.११

इन्भेष्टमेन्ट

७.४७

६.७७

कृषि विकास

७.५३

७.१२

एभरेष्ट

७.६२

७.००

सानिमा

८.०८

७.४५

ग्लोबलआईएमइ

८.२७

७.४१

बीओके

८.४५

८.५६

बंगलादेश

८.४७

७.५१

एनएमबी

८.५८

७.९६

सिद्धार्थ

८.५८

७.५७

प्रभु

८.६८

७.६३

लक्ष्मी

८.७४

७.५७

मेगा

८.७७

९.८१

माछापुच्छ्रे

८.७९

७.६३

सेञ्चुरी

८.८२

८.०९

कुमारी

८.९३

७.८८

हिमालयन

८.७५

७.७३

सनराइज

८.९४

८.४०

एसबीआई

८.९५

८.११

प्राइम

८.९८

८.२७

सिटिजन्स

९.०८

८.११

एनसीसी

९.१५

८.१२

एनआईसी एसिया

९.४४

७.४८

सिभिल

९.७४

८.२६

औसत

८.४०

७.५३


प्रकाशित : माघ १२, २०७८ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?