१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

जापानले दियो १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण

काठमाडौँ — जापान सरकारले नेपाललाई १० अर्ब ४७ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ ।यस्तो ऋण सम्झौतामा मंगलबार नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थसचिव मधुकुमार मरासिनीले हस्ताक्षर गरेका हुन् ।  

जापानले दियो १० अर्ब ४७ करोड सहुलियतपूर्ण ऋण

आर्थिक विकासका लागि नेपाल सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि यस्तो ऋण लिइएको जनाइएको छ । कोभिड १९ महामारीले नेपालको आर्थिक वृद्धिदर मात्र नभई समग्र क्षेत्रमा पारेको प्रभावलाई कम गर्न यस्तो ऋण सहायता परिचालन गरिनेछ ।

त्यस्तै महामारीबाट प्रभावित नेपालको अर्थतन्त्र उकास्नका लागि आर्थिक सहयोग मात्र नभई भ्याक्सिन लगायत मेडिकल सामग्री र जापान अन्तर्राष्ट्रिय सहयोग नियोगबाट हुने सहयोगमा निरन्तरताको प्रतिवद्धता पनि जापानले जनाएको छ ।


प्रकाशित : माघ ११, २०७८ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?