१०० अंकले घट्यो सेयर बजार 

काठमाडौँ — सोमबार सेयर बजारको परिसूचक नेप्से करिब १०० अंकले घटेको छ ।  ९९.८ अंकको गिरावटपछि परिसूचक २८२० अंकमा कायम भएको छ । ६ कम्पनीको मात्रै मूल्य बढ्यो भने १८५ को घट्यो ।

१०० अंकले घट्यो सेयर बजार 

कारोबार रकम भने बढेको छ । ८ अर्ब ८८ करोड रुपैयाँको कारोबार भयो । यसअघि हिजो ७ अर्ब ३ करोडको कारोबार भएको थियो । सबै उपसमूहहरु घटेका छन् ।

बैंकिङ ५४, विकास बैंक २३४, फाइनान्स ११०, होटल तथा पर्यटन १०७, जलविद्युत १५४, लगानी ३, जीवन बीमा ५६९, उत्पादन २४४, लघुवित्त १८३, निर्जीवन बीमा ५०६, अन्य ८४ र व्यापार उपसमूह ११३ अंकले घटे । विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो । कर्णाली विकास बैंकको मूल्य सबैभन्दाधेरै ७.८ प्रतिशतले घट्यो ।


प्रकाशित : माघ १०, २०७८ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?