२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्न पाउनेछन्

काठमाडौँ — नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र २०८० ङ’ नाम दिइएको उक्त ऋणपत्रको बिक्रीका लागि माघ ११ गते बोलकबोल हुनेछ । ऋणपत्रको परिपक्व अवधि २ वर्ष हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने सूचनामा उल्लेख छ ।

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउनेछन् । यो ऋणपत्र धितो राखेर कर्जा लिन वा दिन पाइने सुविधा पनि हुन्छ ।

ऋणपत्र खरिद गर्न चाहनेले अनलाइन विडिङ सिस्टम मार्फत सहभागी हुन सक्नेछन् । यही माघ १२ गते निष्कासन हुने ऋणपत्रको साँवा २०८० माघ १२ गते पाइने छ । अर्धवार्षिक रुपमा ब्याज पाइने छ । उक्त ब्याजमा आयकर नलाग्ने पनि सूचनामा उल्लेख छ ।

खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमश: निष्काशित रकमको ८५ प्रतिशत अर्थात ५ अर्ब ५० करोड र १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलबालाहरुलाई छुट्याइएको रकमका लागि पुरा बोल प्राप्त नभएमा बाँकी हुन आउने प्रतिस्पर्धी बोलबालाहरुलाई बिक्री गरिने सूचनमा उल्लेख छ । अप्रतिस्पर्धी बोलबालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलबालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्र बाँडफाँट गरिने बताइएको छ ।

प्रकाशित : माघ १०, २०७८ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?