गत वर्षभन्दा आर्थिक वृद्धिदर बढ्छ : प्रधानमन्त्री देउवा [पूर्णपाठ]- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गत वर्षभन्दा आर्थिक वृद्धिदर बढ्छ : प्रधानमन्त्री देउवा [पूर्णपाठ]

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर वृद्धि हुने बताएका छन् । देशवासीको नाममा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विद्युत् उत्पादनमा भएको वृद्धि, आर्थिक एवम् सामाजिक क्रियाकलापमा भएको सुधार, निर्यातमा भएको बढोत्तरी, उच्च कर्जा प्रवाह र आयातमा भएको बढोत्तरीले आर्थिक वृद्धिदर गत वर्षको भन्दा वृद्धि हुने अनुमान रहेको बताएका हुन् ।

उनले यसअवधिमा मुद्रास्फ्रीति करिब ७.९९ प्रतिशतले बढेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले बजेट कार्यान्वयनका सन्दर्भमा संयुक्त सरकारले प्राथमिकतामा राखेर ल्याएको साझा न्यूनतम कार्यक्रमको आधारमा बजेटलाई पुनरावलोकन गरी स्वीकृति तथा कार्यान्वयनमा ल्याइएको बताए । उनका अनुसार चालु आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा पुस मसान्तसम्म ५ खर्ब ७६ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएको छ भने सरकारले ४ खर्ब ६ अर्ब ७८ करोड खर्च गरेको छ ।

प्रधानमन्त्री देउवाले संघीयता कार्यान्वयनलाई सुदृढ बनाउने लक्ष्यसहित सरकारले प्रदेश सरकारहरुलाई १ खर्ब ८९ अर्ब २४ करोड रुपैयाँ बित्तीय हस्तान्तरण गरेको बताए ।

पूर्णपाठ

प्रकाशित : माघ ७, २०७८ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्

म आएपछि आर्थिक क्रियाकलापमा उल्लेख्य सुधार भयो : प्रधानमन्त्री देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकार बनेपछि मुलुकको आर्थिक क्रियाकलापमा उल्लेख्य सुधार भएको बताएका छन् । ‘मेरो सरकार बनेपछि मुलुकको आर्थिक क्रियाकलापमा तीव्र विस्तार र सामाजिक क्रियाकलापमा समेत उल्लेख्य सुधार भएको छ,’ देउवाले भनेका छन् ।

प्रधानमन्त्री देउवाले आफ्नो सरकारले ६५ प्रतिशतलाई नागरिकलाई कोभिडविरुद्धको खोपका पूर्ण मात्रा र ७८ प्रतिशतलाई पहिलो मात्राको खोप दिएको बताए । शुक्रबार देशबासीको नाममा सम्बोधन गर्ने क्रममा वर्तमान सरकारले ६ महिनाको अवधिमा गरेका कार्यप्रगतिबारे जानकारी दिँदै प्रधानमन्त्री देउवाले १ करोड ९९ लाख २२ हजार १६४ खोप लगाउन योग्य नेपाली जनतामध्ये ६५ प्रतिशतलाई पूर्ण खोप लगाइएको जानकारी दिए । प्रधानमन्त्री देउवाले पुस मसान्तसम्म १ करोड ५६ लाख ६ हजार २१ लाई एउटा मात्रा र १ करोड १८ लाख ६९ हजार ९ सय ७४ लाई खोपको पूर्ण मात्रा दिइएको बताए ।

उनले यो अवधिमा सरकारले ४ करोड ३ लाख ८८ हजार ८४० डोज खोप प्राप्त गरी २ करोड ७४ लाख ७५ हजार ९९५ खोप वितरण गरिएको बताए ।

यसैगरी उनले सरकारले सरकारी अस्पतालको सेवा र पुर्वाधारमा उल्लेख्य सुधार गरेको, भेन्टिलेटर र अक्सिजन प्लान्ट लगायत सामग्रीहरुमा समेत सुधार गरेको बताए ।

त्यस्तै, अक्सिजनको पर्याप्त आपुर्ति तथा भण्डारण र जनशक्तिको व्यवस्थापनमा समेत सुधार गरिएको उनले बताए ।

प्रकाशित : माघ ७, २०७८ १६:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×