२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

साताको सेयर समीक्षा: सबैभन्दा धेरै बढ्यो बैंकिङ उपसमूह

काठमाडौँ — यो साता सेयर बजारको परिसूचक नेप्से ७४ अंकले बढेको छ । यो साता बजार बन्द हुँदा नेप्से २९३१ अंकमा अडिएको छ । अघिल्लो साता २८५७ अंकमा रहेर बन्द भएको थियो । समग्रमा यो साता नेप्सेको वृद्धिदर सुस्त रह्यो ।

साताको सेयर समीक्षा: सबैभन्दा धेरै बढ्यो बैंकिङ उपसमूह

साताको पहिलो दिन आइतबार परिसूचक ६९ अंक बढ्यो भने सोमबार २०‍.६४ अंकले थप उकालो लाग्यो । मंगलबार १०.७८ अंकले घटेको बजार बुधबार थप ३८.३५ अंक घट्यो । यद्यपि अन्तिम कारोबार हुने दिन बिहीबार ३३ अंकको वृद्धिपछि नेप्से २९३१ अंकमा पुगेको छ ।

कारोबार रकम पनि त्यति बढ्न सकेन । आइतबार ९ अर्ब ६७ करोडको कारोबार भएकोमा सोमबार ७ अर्ब ९० करोडमा खुम्चियो । मंगलबार ८ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ६ अर्ब २ करोडमा सीमित भयो । बिहीबार झन् ५ अर्ब ७७ करोडमा खुम्चियो ।

उपसमूहगत रुपमा हेर्दा यो साता बैंकिङ उपसमूहको वृद्धिदर अरुभन्दा उच्च रह्यो । सो उपसमूह ३.५८ प्रतिशतले बढेको छ । अघिल्लो साताको अन्तिम दिन सो उपसमूह १८४३ अंकमा रहेकोमा यो साता १९०९ अंकमा पुगेको छ । यो साता व्यापार र माइक्रोफाइनान्स उपसमूह घटे ।

यो साता उपसमूहकाे उतारचढाव :

उपसमूह

घटबढ प्रतिशत

बैंकिङ

३.५८

जीवन बीमा

३.१९

निर्जीवन बीमा

२.२३

उत्पादन

३.३५

विकास बैंक

१.९९

फाइनान्स

०.४६

जलविद्युत

३.३३

होटल

१.३९

व्यापार

(१.५९)

अन्य

३.३१

माइक्रोफाइनान्स

(०.०५)


प्रकाशित : माघ ७, २०७८ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?