५० प्रतिशत पुनर्कर्जा पर्यटनमा, जलविद्युतमा २४ प्रतिशत

काठमाडौँ — चालु आर्थिक वर्षको ६ महिनामा स्वीकृत भएको कुल पुनर्कर्जामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा प्रवाह भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत पुस महिनासम्मको तथ्यांक अनुसार पर्यटन क्षेत्रमा कुल स्वीकृत पुनर्कर्जाको ४९.८९ प्रतिशत प्रवाह भएको छ । राष्ट्र बैंकले गत पुससम्म कुल १ अर्ब ६ करोड रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेको छ ।

५० प्रतिशत पुनर्कर्जा पर्यटनमा, जलविद्युतमा २४ प्रतिशत

यस्तै, जलविद्युत् क्षेत्रमा करिब २४ प्रतिशत र उत्पादनमुलक क्षेत्रमा करिब ९ प्रतिशत पुनर्कर्जा स्वीकृत भएको छ । सोही अवधिमा उत्पादनमुलक क्षेत्रमा ८.८४, शिक्षामा ६.२८, अस्पतालमा ५.०५ र निर्माण व्यवसायमा २.४७ प्रतिशत पुनर्कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

पुससम्म स्वीकृत भएको कुल पुनर्कर्जामध्ये सबैभन्दा धेरै ५२ प्रतिशत वाग्मती प्रदेशमा प्रवाह भएको छ । दोस्रोमा गण्डकी प्रदेशमा १८ प्रतिशत, लुम्बिनी प्रदेशमा १३, प्रदेश १ मा १२.२२, प्रदेश २ मा ३.६२ प्रतिशत र सूदुरपश्चिम प्रदेशमा ०.७२ प्रतिशत पुनर्कर्जा प्रवाह भएको बताइएको छ । गत पुससम्म ४३ वटा बैंक तथा वित्तीय संस्थामार्फत २४ हजार २ सय ६७ जना ऋणीले पुनर्कर्जा सुविधा लिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : माघ ६, २०७८ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?