१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

नेप्से २९३१ अंकमा पुग्यो, कारोबार रकम घट्यो 

काठमाडौँ — साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से २९३१ अंकमा पुगेको छ । ३३ अंकको वृद्धिपछि नेप्से २९३१ अंकमा पुगेको हो । नेप्से बढे पनि कारोबार रकम घटेको छ । दिनभर जम्मा ५ अर्ब ७७ करोडको कारोबार भयो । यसअघि हिजो ६ अर्ब २ करोडको भएको थियो । 

नेप्से २९३१ अंकमा पुग्यो, कारोबार रकम घट्यो 

बैंकिङ उपसमूह १ अंकले घट्यो । विकास बैंक १७२, फाइनान्स ७७, होटल तथा पर्यटन १८, जलविद्युत ७६, लगानी १, जीवन बीमा ४६२, उत्पादन ३१, लघुवित्त ६०, निर्जीवन बीमा २६९, अन्य ११ र व्यापार उपसमूह ४४ अंकले बढे ।

१६० कम्पनीको मूल्य बढ्दा २५ कम्पनीको घट्यो भने ५ को स्थिर रह्यो । ३ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । मैलुङखोला जलविद्युत्, तेह्रथुम पावर र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो । मूल्यवृद्धिपछि मैलुङखोलाको प्रतिकित्ता ५५०, तेह्रथुमको ६३५.८० र बुद्धभूमिको ३१६.५० रुपैयाँ पुगेको छ ।

कारोबारका आधारमा आईएमई जनरल इन्स्योरेन्स, अपी पावर, शिखर इन्स्योरेन्स, अरुणभ्याली र नेपाल टेलिकम क्रमश अगाडि रहे । आईएमई जनरल र शिखरलाई धितोपत्र बोर्डले हकप्रद सेयर निस्कासनको अनुमति दिने भएको छ ।


प्रकाशित : माघ ६, २०७८ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?