कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आईएमई जनरल र शिखर इन्स्योरेन्सलाई हकप्रद सेयर निष्काशनको अनुमति

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईएमई जनरल र शिखर इन्स्योरेन्सलाई हकप्रद सेयर निष्काशन अनुमति दिएको छ । बोर्ड सञ्चालक समितिले दिएको अख्तियारी बमोजिम सञ्चालक शोभाकान्त पौडेलले बुधबार ती कम्पनीलाई हकप्रद सेयर निष्काशन अनुमति दिने निर्णय गरेका हुन् । अर्थ मन्त्रालयका सहसचिव पौडेलले धितोपत्र बोर्ड सञ्चालक समितिमा सरकारको प्रतिनिधित्व गरिरहेका छन् ।

आईएमई जनरल र शिखर इन्स्योरेन्सलाई हकप्रद सेयर निष्काशनको अनुमति

शिखरले ५२ करोड ७५ लाख ५७ हजार रुपैयाँ र आइएमई जनरलले ४६ करोड ३० लाख ३४ हजार रुपैयाँको हकप्रद शेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएका थिए । शिखरले गत जेठ २५ मा र आइएमइ जनरलले गत भदौ १७ मा बोर्डमा निवेदन दिएका थिए ।

यस्तै, बलेफी हाइड्रोपावर कम्पनी, ग्रिन भेञ्चर लिमिटेड, जल्पा सामुदायीक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेस्डो संवृद्ध लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन अनुमति पाएका छन् । बलेफी हाइड्रोपावर कम्पनीले अंकित मूल्य प्रतिकित्ता १ सयका दरले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ र ग्रिन भेञ्चरले ६२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएका थिए । यी जलविद्युत् कम्पनीहरुले स्थानीयबासी र सर्वसाधारणका लागि सेयर निष्काशन गर्न लागेका हुन् । यस्तै, जल्पा लघुवित्तले ५ करोड २२ लाख, राष्ट्र उत्थानले ८ करोड ५० लाख र नेस्डो लघुवित्तले ८ करोड २८ लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेका छन् ।

नेपाल धितोपत्र बोर्ड विगत ५ महिना भन्दा लामो समयदेखि अध्यक्ष विहीन छ । त्यसयता पहिलो पटक पाँच वटा कम्पनीलाई आइपीओ निष्काशन अनुमति दिएको हो ।

प्रकाशित : माघ ६, २०७८ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?