३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

फ्युजमेसिनद्वारा नेपालमा 'एआई फेलोशिप २०२२' को घोषणा

काठमाडौँ — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिभा, शिक्षा र सेवा प्रदान गर्दै आएको संस्था फ्युजमेसिनले  नेपालमा 'एआई फेलोशिप २०२२' को घोषणा गरेको छ । यो अनलाइन मार्फत प्रत्यक्ष प्रमाणीकरण हुने फेलोशिप कार्यक्रम विगत २ वर्षदेखि फ्युजमेसिनको पहलमा नेपालमा विस्तार गरिँदै आएको छ ।

फ्युजमेसिनद्वारा नेपालमा 'एआई फेलोशिप २०२२' को घोषणा

क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ विगत २ वर्षदेखि नै यस कार्यक्रममा यूकेएड स्किल्स फर इम्लाेयमेन्ट (सीप) को सहयोग रहँदै आएको फ्युजमेसिनले जनाएको छ । फ्युजमेसिनका अनुसार फेलोशिप कार्यक्रममा जम्मा १०० जना गणित, इन्जिनियरिङ र कम्प्युटर विज्ञान पृष्ठभूमि भएका विश्वविद्यालयमा अध्यनरत विद्यार्थी तथा स्नातक उत्तिर्णहरूलाई परीक्षा मार्फत आवद्ध गरिनेछ । चयन गरिएका परीक्षार्थीलाई सम्पूर्ण पाठ्यक्रमहरूमा पूर्ण-छात्रवृत्ति प्रदान गरिनेछ ।

यस कार्यक्रमको मुख्य उद्देश्य नेपालमा एआई इन्जीनियरहरूको संख्यामा वृद्धि गर्नु रहेकाे छ । सीपका टोली प्रमुख बल्जित बोहरा तथा उपप्रमुख स्तुति बस्नेतका अनुसार नेपाली विद्यार्थीहरुको सीपलाई विश्वव्यापी आइसीटीसँग मेल हुने गरी प्रणाली सुधार गरे मात्र नेपालको आइसीटीमा सम्भावना बलियो हुनेछ । उनीहरू भन्छन्, 'आवश्यक पूर्वाधार विस्तार गर्न, समय सान्दर्भिक पाठ्यक्रम निर्माण र लागू गर्न, शैक्षिक संस्थाहरू तथा अन्य सम्बन्धित् प्रणालीहरूसँग बलियो सहकार्य गर्न हामीले मद्दत गरेका छौं ।'

अमेरिकाका उच्च कोटीका विश्वविद्यालयमा रहेका एआई संकायका सदस्यहरू तथा एआई उद्योग विशेषज्ञहरुद्वारा निर्माण गरिएको र फ्युजमेसिनको स्वामित्वमा रहेको माइक्रोडिग्री, माइक्रोडिग्री स्पेसलाइजेसन कार्यक्रमलाई एआई फेलोशिप २०२२ मा समावेस गरिने छ । एक वर्ष लामो यस द्रुतगतिको कार्यक्रममा मेसिन लर्निङ, दिप लर्निङ्ग, न्याचुरल ल्यांग्वेज प्रोसेसिङ्ग र कम्प्युटर भिजनको पाठ्यक्रमहरू छन् ।

'हरेक वर्ष, हामी विश्वसनीय, उच्च गुणस्तरको एआई तालिम प्रदान गरि एआईमा पहुँच बढाउने बाटोतर्फ ठूला कदम जारी राखेका छौं' फ्युजमेसिनका प्रमुख कार्यकारी अधिकृत समीर मास्केले भने । फ्युजमेसिन संस्थाले फेलोशिप कार्यक्रमका पूर्वविद्यार्थीहरूलाई रोजगारी प्रदान गरेको बताउँदै उनले यस किसिमको महत्त्वपूर्ण पहलको निरन्तरता मार्फत अझ उच्च गुणस्तरको प्रतिभा निर्माण गर्न सक्षम हुने आशा ब्यक्त गरे ।

कार्यक्रमको अन्त्यसम्ममा, विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ र डीप लर्निङ एल्गोरिदमका साथै अन्तर्निहीत गणित र कोडको ठोस बुझाइ विकास गर्नेछन् । कार्यक्रममा शिक्षाविद् र उद्योग विशेषज्ञहरूद्वारा संचालित साप्ताहिक अनलाइन कक्षाहरू, प्रोग्रामिङ असाइनमेन्टहरू, समूह परियोजनाहरू र परीक्षाहरू समावेश गरी मिश्रित सिकाइ प्रणालीको प्रयोग गरिनेछ । साथै धेरैजसो सामग्रीहरू विद्यार्थीले आफ्नो अनुकुल प्रयोग गर्नका लागि अनलाइन उपलब्ध हुनेछन् ।

फ्युजमेसिनले सन् २०१७ मा पहिलो पटक एआई फेलोशिप कार्यक्रमको सुरुवात गरेको थियो । फेलोशिप र यसको आवेदन/छनोट प्रक्रिया र दर्ता विवरणहरूको बारेमा थप जानकारी वेबसाइटमार्फत हेर्न सकिने छ ।

प्रकाशित : माघ ६, २०७८ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?