कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

शुक्रबारसम्म सिटामोलको आपूर्ति सहज गराइने 

नेपाल औषधि लिमिटेडले शुक्रबारसम्म ६ लाख प्याकेट पठाउने
राजु चौधरी

काठमाडौँ — औषधि व्यवस्था विभागले शुक्रबारसम्म सिटामोलको आपूर्तिमा सहज हुने दाबी गरेको छ । औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, पैठारीकर्ता, उपभोक्ताकर्मीसहित बुधबार भएको छलफलमा उत्पादक र पैठारीकर्ताहरुले उक्त प्रतिवद्धता जनाएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए । 

शुक्रबारसम्म सिटामोलको आपूर्ति सहज गराइने 

‘कच्चा पदार्थको उपलब्धता अनुसार सबै क्षेत्रले उत्पादन बढाउने, पैठारीकर्ताले ल्याएर बिक्री गर्ने, आ–आफ्नो क्षेत्रमा सबैले उपयुक्त पहल गरी समग्र आपूर्ति व्यवस्थालाई सहज बनाउने सहमति भएको छ,’ महानिर्देशक ढकालले भने, ‘उत्पादक संघले सबैलाई उत्पादन बढाउन आह्वान पनि गरेको छ । व्यावसायिक संघले वितरण व्यवस्थापन मिलाउने प्रतिबद्धता जनाएका छन् ।'

आपूर्तिमा देखिएको समस्या शुक्रबारसम्म समाधान हुने उनकाे दावी छ । ढकालका अनुसार नेपाल औषधि लिमिटेडले पनि बिहीबारदेखि बजारमा थप सिटामोल पठाउन सुरु गरेको छ । कम्पनीले शुक्रबारसम्म ६ लाख प्याकेट सिटामोल पठाउने प्रतिवद्धता जनाएको उनले बताए । १ प्याकेट सिटामाेलमा १० चक्की (१०० ट्याब) हुन्छ ।

कोभिड–१९ संक्रमण तीव्र भएका बेला बजारमा सिटामोलको चरम अभाव छ । सिटामोल अभावकै कारण कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहरमा धेरै बिरामीले सास्ती भोग्नुपरेको थियो । तर मूल्य वृद्धिका लागि विगतमा लगातार अभाव सिर्जना गरिए पनि सरकार संवेदनशील नहुँदा समस्या अहिले झन् चर्किएको छ । राजधानी उपत्यकाका अधिकांश फार्मेसीमा अहिले सिटामोल पाउन मुस्किल छ ।

प्रकाशित : माघ ५, २०७८ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?