१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

२९ सयमुनि ओर्लियो नेप्से, सबै उपसमूह घटे  

काठमाडौँ — बुधबार सेयर बजारको परिसूचक नेप्से २९ सयमुनि ओर्लिएको छ । ३८.३५ अंक घटेर परिसूचक २८९८ अंकमा कायम भएको हो । दिनभर जम्मा ६ अर्ब २ करोडको कारोबार भयो । हिजो ८ अर्ब ४४ करोडको कारोबार भएको थियो ।

२९ सयमुनि ओर्लियो नेप्से, सबै उपसमूह घटे  

आज २० कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको घट्यो । ६ कम्पनीको मूल्य स्थिर रह्यो । सबै उपसमूहहरु घटेका छन् । बैंकिङ १४, विकास बैंक ६३, फाइनान्स ५२, होटल तथा पर्यटन ७८, जलविद्युत ५९, जीवन बीमा २२५, उत्पादन १०९, लघुवित्त ७६, निर्जीवन बीमा ११७, अन्य ६० र व्यापार उपसमूह ८० अंकले घटे ।

बुद्धभूमि हाइड्रोपावर र सामलिङ पावरको मूल्य करिब १० प्रतिशतले बढेको छ । बुद्धभूमिको मूल्य प्रतिकित्ता २८७.८० र सामलिङको ७१४ रुपैयाँ पुगेको छ । घलेम्दी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.३ प्रतिशतले घटेर ३५३ रुपैयाँमा झरेको छ । अपी पावर, अरुणभ्याली हाइड्रोपावर, जलविद्युत् लगानी तथा विकास कम्पनी, माथिल्लो तामाकोसी र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी धेरै कारोबार रकमका आधारमा क्रमश अगाडि रहे ।


प्रकाशित : माघ ५, २०७८ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?