पुस मसान्तसम्म कुन बैंकले कति बढाए कर्जा ?

६ महिनामा १ खर्ब २२ अर्ब रुपैयाँ जम्मा गरेर बैंकहरुले दिए ४ खर्ब २२ अर्ब ऋण 

काठमाडौँ — उल्लेख्य रुपमा निक्षेप बढ्न नसके पनि बैंकहरुको कर्जा  (ऋण) प्रवाह भने गत वर्षको समीक्षा अवधिको तुलनामा बढेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुस मसान्तसम्म) मा ३ खर्ब ६६ अर्ब कर्जा विस्तार गरेका वाणिज्य बैंकहरुले यस आर्थिक वर्षको साेही अवधिमा ४ खर्ब २२ अर्ब १७ करोड रुपैयाँ विस्तार गरेका छन् ।

पुस मसान्तसम्म कुन बैंकले कति बढाए कर्जा ?

असार मसान्तसम्म कुल ३७ खर्ब २० अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा पुस मसान्तसम्म बढेर ४१ खर्ब ४२ अर्ब ९२ करोड पुगेको छ ।

निक्षेप भने उल्लेख्य बढ्न सकेको छैन । स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत रकम निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थाले जम्मा गर्न पाउने व्यवस्था गरिँदा समेत साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा जम्मा १ खर्ब २२ अर्ब रुपैयाँ मात्रै निक्षेप थपिएको छ । असार मसान्तसम्म कुल ४२ खर्ब १ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन भएकोमा पुस मसान्तसम्म आउँदा ४३ खर्ब २४ अर्ब ३४ करोड पुगेको छ ।

निक्षेप अभावका बाबजुद बैंकहरु बिजनेस बढाउनमा जोड गरेको देखिन्छ । बैंकहरुको मुख्य बिजनेस भनेकै कर्जा प्रवाह हो । ६ महिनाको अवधिमा ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै २८ अर्ब ७० करोड रुपैयाँ कर्जा विस्तार गरेको छ ।

त्यसपछि नेपाल बैंकले २७ अर्ब ९६ करोड र हिमालयन बैंकले २६ अर्ब २८ करोड कर्जा विस्तार गरेका छन् । हालसम्म धेरै कर्जा प्रवाह गर्नेमा भने एनआईसी एसिया बैंक सबैभन्दा अगाडि छ । पुस मसान्तसम्म सो बैंकले कुल २ खर्ब ७३ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

साउनदेखि पुस मसान्तसम्म बैंकहरुको कर्जा वृद्धि (रकम रुपैयाँमा)

बैंक

६ महिनामा बढेको कर्जा

पुस मसान्तसम्म कुल कर्जा

कृषि विकास

२३ अर्ब ७२ करोड

१ खर्ब ७५ अर्ब २६ करोड

बीओके

९ अर्ब ३१ करोड

१ खर्ब ८ अर्ब २१ करोड

सेन्चुरी

६ अर्ब ७८ करोड

८८ अर्ब १७ करोड

सिटिजन्स

८ अर्ब ७७ करोड

१ खर्ब ३२ अर्ब ४१ करोड

सिभिल

४ अर्ब ५३ करोड

८७ अर्ब ५७ करोड

एभरेष्ट

१७ अर्ब ४३ करोड

१ खर्ब ५२ अर्ब ३८ करोड

ग्लोबल आईएमई

२८ अर्ब ७० करोड

२ खर्ब ७१ अर्ब २० करोड

हिमालयन

२६ अर्ब २८ करोड

१ खर्ब ५९ अर्ब १४ करोड

कुमारी

१७ अर्ब ९७ करोड

१ खर्ब ६१ अर्ब ७४ करोड

लक्ष्मी

१९ अर्ब ७४ करोड

१ खर्ब २८ अर्ब ३९ करोड

माछापुच्छ्रे

१७ अर्ब ३० करोड

१ खर्ब ३३ अर्ब ५७ करोड

मेगा

५ अर्ब ८६ करोड

१ खर्ब ४६ अर्ब ९८ करोड

नबिल

१५ अर्ब ६८ करोड

२ खर्ब २१ अर्ब ३३ करोड

नेपाल बंगलादेश

६ अर्ब ३३ करोड

७७ अर्ब ५० करोड

नेपाल

२७ अर्ब ९६ करोड

१ खर्ब ७२ अर्ब ९१ करोड

एनसीसी

१९ अर्ब

१ खर्ब १८ अर्ब ९१ करोड

इन्भेस्टमेन्ट

११ अर्ब ३२ करोड

१ खर्ब ७८ अर्ब ५१ करोड

एनआईसी एसिया

९ अर्ब २ करोड

२ खर्ब ७३ अर्ब ८६ करोड

एनएमबी

२१ अर्ब १९ करोड

१ खर्ब ७९ अर्ब २३ करोड

एसबीआई

११ अर्ब ७६ करोड

१ खर्ब १३ अर्ब ३४ करोड

प्रभु

६ अर्ब १४ करोड

१ खर्ब ४८ अर्ब ४० करोड

प्राइम

१९ अर्ब ४० करोड

१ खर्ब ६२ अर्ब ३८ करोड

राष्ट्रिय वाणिज्य

१४ अर्ब १ करोड

२ खर्ब १३ अर्ब ७७ करोड

सानिमा

१७ अर्ब ८१ करोड

१ खर्ब ४० अर्ब ५० करोड

सिद्धार्थ

१८ अर्ब ९४ करोड

१ खर्ब ८४ अर्ब ६२ करोड

स्टान्डर्ड

१५ अर्ब ४४ करोड

८७ अर्ब ४९ करोड

सनराइज

२१ अर्ब ७८ करोड

१ खर्ब २५ अर्ब १५ करोड

कुल

४ खर्ब २२ अर्ब १७ करोड

४१ खर्ब ४२ अर्ब ९२ करोड

स्राेत : नेपाल बैंकर्स संघ

प्रकाशित : माघ ४, २०७८ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?