कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२० अंकले बढ्यो नेप्से, कारोबार भने घट्यो 

काठमाडौँ — सोमबार सेयर बजारको परिसूचक नेप्से २०.६४ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २९४७ अंकमा पुगेको छ । परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार ९ अर्ब ६७ करोडको कारोबार भएकोमा सोमबार ७ अर्ब ९० करोडमा खुम्चिएको छ । 

२० अंकले बढ्यो नेप्से, कारोबार भने घट्यो 

बैंकिङ १९, होटल तथा पर्यटन ६, जलविद्युत ५५, जीवन बीमा ८०, उत्पादन ९९, निर्जीवन बीमा ५० र अन्य उपसमूह २३ अंकले बढेका छन् । व्यापार ९, लघुवित्त ६, फाइनान्स ०.९ र विकास बैंक उपसमूह २३ अंकले घटेका छन् ।

यस दिन पनि मध्यभोटेकोसी जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो । दुई सातादेखि निरन्तर १० प्रतिशतले बढेको यो कम्पनीको मूल्य प्रतिकित्ता ४५८.८० रुपैयाँ पुगेको छ । सिंगटी हाइड्रो, सीईडीबी हाइड्रोपावरको मूल्य ८ प्रतिशतले बढ्यो । कुल ८१ कम्पनीको सेयर मूल्य घट्दा ९७ को बढ्यो भने ११ को स्थिर रह्यो । कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो । त्यसपछि क्रमश: अपी पावर, माथिल्लो तामाकोसी, नेपाल टेलिकम र शिवम् सिमेन्ट कारोबारका आधारमा अगाडि रहे ।


प्रकाशित : माघ ३, २०७८ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?