कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

विकास बैंक र फाइनान्स कम्पनीले निक्षेपको ब्याज बढाए

काठमाडौँ — माघ महिनाका लागि विकास बैंक र फाइनान्स कम्पनीले निक्षेपको ब्याजदर बढाएका छन् । पुस महिनाको तुलनामा विकास बैंकले ०‍‍.१ र फाइनान्स कम्पनीहरुले ०.३ प्रतिशतका दरले निक्षेपको ब्याज बढाएका हुन् । वाणिज्य बैंकहरुले भने निक्षेपको ब्याजदर स्थिर राखेका छन् ।

विकास बैंक र फाइनान्स कम्पनीले निक्षेपको ब्याज बढाए


परिवर्तित ब्याजदर अनुसार अब विकास बैंकहरुले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १०.३५ प्रतिशत ब्याजदर प्रदान गर्छन् । गत पुससम्म यस्तो ब्याजदर १०.२५ प्रतिशत थियो । माघ महिनाका लागि विकास बैंकको एक वर्षे संस्थागत मुद्दती निक्षेपमा ब्याजदर ९.३५ प्रतिशत र साधारण बचत निक्षेपमा ५.३५ प्रतिशत ब्याजदर कायम भएको छ । यसअघि विकास बैंकहरुले निक्षेपमा प्राय: वाणिज्य बैंकभन्दा ०.५ प्रतिशतले बढी ब्याज दिँदै आएकोमा राष्ट्र बैंकले हस्तक्षेप गरेपछि त्यो अन्तर घटेर ०‍‍.२ मा झरेको थियो । माघदेखि ०.१ प्रतिशत थप भएसँगै अहिले वाणिज्य बैंक र विकास बैंकबीच निक्षेपको ब्याजअन्तर ०.३ प्रतितशत कायम भएको छ ।

यस्तै, नयाँ ब्याजदर अनुसार फाइनान्स कम्पनीले एक वर्षे मुद्दती निक्षेपमा अधिकत १०.६५ प्रतिशत ब्याजदर तोकेका छन् । यो पनि गत पुसको तुलनामा ०.३ प्रतिशतले बढी हो । पुसमा यस्तो ब्याजदर १०.३५ प्रतिशत थियो । वाणिज्य बैंकहरुको भन्दा विकास बैंकहरुले ०.३ प्रतिशत ब्याज अन्तर कायम गरेपछि फाइनान्सले पनि विकास बैंकहरुको भन्दा त्यति नै बढी हुने गरी ब्याजदर कायम गरेका हुन् । अब माघ महिनाका लागि फाइनान्स कम्पनीहरुको एक वर्षे मुद्दती निक्षेपमा संस्थागत निक्षेपकर्तालाई ९.६५ प्रतिशत र साधारण बचतमा ५.६५ प्रतिशत ब्याजदर कायम भएको छ ।

माघदेखि लागू हुने गरी सबै बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर भने बढाएका छन् । त्रैमासिक रुपमा आधार ब्याजदरमा आएको परिवर्तन अनुसार उनीहरुले ब्याजदर समायोजन गरेका हुन् ।

प्रकाशित : माघ २, २०७८ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?