कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जनवरी १६ लाई भारतले स्टार्टअप दिवसका रुपमा मनाउने

काठमाडौँ — भारतले आजकै दिन अर्थात् जनवरी १६ लाई नवप्रवर्तन (स्टार्टअप) दिवसका रुपमा मनाउने भएकाे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्टार्टअप व्यवसायहरू देशको आर्थिक विकासका लागि मेरुदण्ड हुने बताउँदै दिवसका रुपमा यसलाई मनाइने घाेषणा गरेका हुन् ।

जनवरी १६ लाई भारतले स्टार्टअप दिवसका रुपमा मनाउने

शनिबार १५० भन्दा बढी नवउद्यमीहरूसँगको भर्चुअल भेलामा प्रधानमन्त्री मोदीले राष्ट्रको आर्थिक वृद्धिलाई बल दिने इन्जिनका रूपमा स्टार्टअप व्यवसायलाई व्याख्या गरेका थिए । वर्तमान दशकलाई उनले ‘टेकएड’ को संज्ञा दिएको भारतीय पत्रिका द हिन्दुले जनाएको छ ।

महामारीका बेला शिक्षा, स्वास्थ र अन्य नागरिक सेवा वितरणका लागि प्रविधिले महत्वपूर्ण भूमिका खेलेको मोदीको भनाइ छ । स्वतन्त्र भारतको उपलब्धीहरूको सम्झनाका लागि मनाइने ‘आजादीका अमृत महोत्सव’ पहल अन्तर्गतको एक कार्यक्रममा मोदीले आविष्कार, उद्यमशीलता र स्टार्टअप इकोसिस्टमलाई मजबुत बनाउन आफ्नो सरकारले ठूला परिवर्तनहरू ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

‘सबैभन्दा पहिला उद्यमशीलता र स्टार्टअपलाई लम्बेतान सरकारी पक्रियाको झन्झटबाट मुक्त गरिनेछ,’ मोदीलाई उदृत गर्दै इकोनोमिक टाइम्सले लेखेको छ, ‘दोस्रो, स्टार्टअपलाई प्रवर्द्धन गर्न संस्थागत संयन्त्र निर्माण गरिनेछ र तेस्रो, युवा आविष्कारहरू र नवउद्यमीसँग हातेमालो गरिनेछ ।’

भारतमा पाँच वर्षको समयमा स्टार्टअपहरूको संख्या करिब ५ सयबाट ६० हजार पुगेको मोदीले बताएका छन् । उनका अनुसार यी नवउद्यमहरू ५५ भन्दा धेरै व्यवसायिक क्षेत्रमा सक्रिय छन् । यिनले खेलको नियम नै परिवर्तन गरिरहेका छन् , मोदीले भनेका छन् ‘मलाई लाग्छ भारतका स्टार्टअपको सुनौलो युग अब शुरु हुँदै छ।’

प्रकाशित : माघ २, २०७८ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?