कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

टुट्याे हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया, के हो विवाद ?

काठमाडौँ — हिमालयन बैंकको साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँग मर्जरको विशेष प्रस्ताव अस्वीकृत गरेको छ । शुक्रबार सम्पन्न बैंकको २९औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव अस्वीकृत गरेको हो । मर्जर विषयमा सेयरधनीहरुबीच विवाद भएपछि उक्त प्रस्ताव पारित हुन नसकेको हो ।

टुट्याे हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया, के हो विवाद ?

मर्जर सम्बन्धी प्रस्तावमा सहमति हुन नसकेपछि बैंकले मतदानमार्फत पारित गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार शुक्रबार मतदान भएको हो । मर्जर प्रस्ताव पारित गर्न ७५ प्रतिशत सेयरधनीले स्वीकृत जनाउनुपर्ने थियाे । तर कर्मचारी संचयकोष, एन ट्रेडिङ कम्पनी, छायाँ इन्टरनेशनललगायत कम्पनीसहितले असहमति जनाएपछि ४२ प्रतिशत मत विपक्षमा आएको स्राेतले जनाएको छ ।

हिमालयन बैंकमा संचय कोषको १४.८७ प्रतिशत सेयर लगानी छ । यस्तै, एन ट्रेडिङ कम्पनीको १२.७७ प्रतिशत र छायाँ इन्टरनेसनलको ८.९४ प्रतिशत सेयर लगानी रहेको छ । यसरी ३६.५८ प्रतिशत सेयरधनीको असहमतिपछि हिमालयन बैंकको साधारणसभाबाट मर्जरको प्रस्ताव पारित हुन नसकेको हो ।

हिमालयन बैंकमा पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर लगानी छ । यो बैंकको सबैभन्दा ठूलो सेयरधनी हो । दोस्रो ठूलो सेयरधनी कर्मचारी सञ्चय कोष हो । बैंकमा कोषको १४.८७ प्रतिशत सेयर छ । यस्तै, एन ट्रेडिङ कम्पनीको १२.७७ प्रतिशत, म्युचुअल ट्रेडिङ कम्पनीको ११.८५ प्रतिशत, आभा इन्टरनेसनलको ११.३८ प्रतिशत र छायाँ इन्टरनेसनलको ८.९४ प्रतिशत सेयर छ । शशिकान्त अग्रवालको २.६५ प्रतिशत, अन्जु खेतानको ०.७७ र शर्मा एण्ड कम्पनीको ०.६६ प्रतिशत सेयर लगानी छ । बाँकी सेयर सर्वसाधारण र साना लगानीकर्ताको छ ।

इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता गरेदेखि नै हिमालयन बैंक सञ्चालक समितिमा मतभेद देखिएको थियो । संस्थापक लगानीकर्ताहरु हबिब बैंक, म्युचुअल ट्रेडिङ कम्पनी, आभा इन्टरनेसनल र खेतान समूह मर्जरको पक्षमा रहेका थिए भने संचय कोष, एन ट्रेडिङ कम्पनी र छायाँ इन्टरनेसनल विपक्षमा रहँदै आएका थिए । यही कारण समझदारी पत्रमा हस्ताक्षर भएको करिब ९ महिना पछि यी दुबै बैंकको मर्जर प्रक्रिया रद्द हुने भएको हो ।

के हो विवाद ?

दुबै बैंकले गरेको सम्पत्ति तथा दायीत्व मूल्यांकन (डीडीए)मा कर्मचारी संचय कोष लगायत करिब ३६ प्रतिशत सेयरधनीहरुको चित्त बुझेको थिएन । दुबै बैंकको डीडीए अनुसार हिमालयन बैंकको एक कित्ता सेयर बराबर इन्भेष्टमेन्ट बैंकको पनि एक कित्ता सेयर हुने भन्ने छ । त्यो मूल्यांकनमा हिमालयन बैंकको सम्पत्तिको कम मूल्यांकन गरिएको र इन्भेष्टमेन्टको बढी गरिएको भन्दै कोष लगायत सेयरधनीले विरोध गर्दै आएका थिए । यसकारण आजको साधारण सभामा उनीहरुले मर्जरको विपक्षमा मतदान उभिएका हुन् ।

यस्तै, कोषले स्वतन्त्र विज्ञद्धारा गरेको अध्ययनमा हिमालयन बैंकको १ कित्ता सेयर बराबर इन्भेष्टमेन्टको ०.७८ कित्ता सेयर हुने भन्ने छ । यो प्रस्ताव सम्बोधन नभएसम्म कोषले मर्जरमा सहमति नजनाउने विषयमा संचय कोषको संञ्चालक समितिले औपचारिक रुपमा निर्णय नै गरेको छ । बैंकहरुले गरेको डीडीएको सुझाब अनुसार मर्जरमा जाादा हिमालय बैंकका सेयरधनीले प्रतिसेयर ४७ रुपैयाा २२ पैसा नोक्सान बेहोनु पर्ने कोषको अध्ययनले देखाएको छ ।

हिमालयन बैंक सञ्चालक समितिमा रहेका केही व्यक्तिको इन्भेष्टमेन्ट बैंकमा पनि ठूलो सेयर लगानी छ । केहीको पारिवारीक सम्बन्ध छ । यसकारण ती समूह जसरी भएपनि मर्जरमा जाने पक्षमा छन् ।


प्रकाशित : पुस ३०, २०७८ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?