२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

५४ अंकले बढ्यो नेप्से 

काठमाडौँ — साता कारोबारको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से ५४. १२ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २८५७ अंकमा पुगेको छ । अंक बढे पनि कारोबार रकम खुम्चिएको छ । अघिल्लो दिन ८ अर्ब ३ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६६ करोडमा सीमित भयो । 

५४ अंकले बढ्यो नेप्से 

बैंकिङ ९, ब्यापार ८३, होटल तथा पर्यटन ३५, विकास बैंक १४७, जलविद्युत १५८, फाइनान्स ९२, निर्जीवन बीमा २८८, उत्पादन १२७, माइक्रोफाइनान्स १७४, जीवन बीमा ३४९ र लगानी उपसमूह ३ अंकले बढे । अन्य उपसमूह भने ३ अंकले घटेको छ ।

मध्यभोटेकोसी जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो । माउन्टेन हाइड्रोको ९.४, कर्णाली विकास बैंकको ९.३, शिवश्री हाइड्रोको ९ र आईसीएफसी फाइनान्सको मूल्य ८.५ प्रतिशतले बढ्यो ।


प्रकाशित : पुस २९, २०७८ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?