कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आईएफआईसीको सेयर चौधरी ग्रुपलाई बिक्री नगर्न अदालतको अन्तरिम आदेश 

काठमाडौँ — नेपाल बंगलादेश बैंकमा रहेको आईएफआईसीको सेयर चौधरी ग्रुपलाई बिक्री नगर्न, नगराउन काठमाडौं जिल्ला अदालतले अन्तरिम आदेश दिएको छ । सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले हालेको मुद्दामा अदालतले यस्तो आदेश जारी गरेको हो ।

आईएफआईसीको सेयर चौधरी ग्रुपलाई बिक्री नगर्न अदालतको अन्तरिम आदेश 

दुगडले आईएफआईसीको सेयर आफूलाई बिक्री गर्ने सहमति भइसकेपछि अर्को समूहलाई दिन लागिएको भन्दै नेपाल बंगलादेश बैंकलाई समेत विपक्षी बनाई जिल्ला र उच्च अदालत दुबैमा मुद्दा दायर गरेका थिए । त्यसमध्ये जिल्ला अदालतले मंगलबार अन्तरिम आदेश दिएको हो । ‘जिल्ला अदालतले हाम्रो पक्षमा फैसला गरेको छ’ अध्यक्ष दुगडले भने ‘बैंकलाई सात दिनभित्र कारण देखाउ आदेश जारी गरेको छ, त्यसबीचमा सेयरको कारोबार नगर्नु, नगराउन भन्ने छ ।’

नेपाल बंगलादेश बैंकको प्रमुख सेयरधनी बंगलादेशको आईएफआईसी बैंकले सेयर बिक्री गरेर बाहिरिन लागेको छ । त्यो सेयर कसले किन्ने भन्नेमा विवाद देखिएको हो । दुगडले भने- 'हामीले २०२१ मार्च ३१ मै सेयर किन्न प्रस्ताव गरेको हो र उताबाट अप्रिल २ मा सहमति जनाइएको थियो ।' अदालतको अन्तरिम आदेशपछि नबिल बैंकमा नेपाल बंगलादेश बैंकलाई गाभ्ने विषय पनि विवादित बनेको छ । चौधरी समूहले आईएफआईसी बैंकको सेयर किन्ने आपसी सहमतिपछि नबिल र बंगलादेश बैंकबीच एक्वीजिसन प्रक्रिया अघि बढाउने अनौपचारिक रुपमा सहमति भएको थियो ।

सोही अनुरुप दुबै बैंकले मर्जर समिति बनाइसकेका थिए । नबिल बैंकले पुरानै मर्जर समितिलाई सक्रिय बनाएको थियो भने बंगलादेश बैंकले नयाँ मर्जर समिति बनाएको थियो । तर, ती दुबै बैंकले औपचारिक रुपमा प्रक्रिया अघि बढाउनुअघि नै बंगलादेश बैंकमा रहेको विदेशी लगानीकर्ताको सेयर खरिद सम्बन्धमा विवाद देखिएको छ ।

प्रकाशित : पुस २८, २०७८ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?