८ अर्बको सेयर कारोबार, ४ कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

काठमाडौँ — बुधबार सेयर कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । कुल ८ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको छ । मंगलबार ६ अर्ब ७२ करोडको कारोबार भएको थियो । कारोबार रकम बढे पनि बजारको परिसूचक नेप्से भने घटेको छ । नेप्से ३०.५ अंकले घटेसँगै २८०३ अंकमा कायम भएको छ । कुल २९ कम्पनीको मूल्य बढेको छ भने १५८ को घट्यो । ३ कम्पनीको मूल्य भने स्थिर रहेको छ । 

८ अर्बको सेयर कारोबार, ४ कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि

बैंकिङ २२, विकास बैंक १२२, फाइनान्स ५७, होटल तथा पर्यटन ७८, जलविद्युत ६, जीवन बीमा १८९, माइक्रोफाइनान्स ६१, निर्जीवन बीमा २६६ र अन्य उपसमूह ७६ अंकले घटे । व्यापार २०, उत्पादन ६ र लगानी उपसमूह २ अंकले बढे ।

४ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट, निफ्रा, नारायणी डेभलपमेन्ट र मध्यभोटेकोसी जलविद्युतको मूल्य १० प्रतिशतले बढेको हो । हिमालय उर्जा विकासको मूल्य सबैभन्दा धेरै ६.२ प्रतिशतले घट्यो । नेपाल बंगलादेश बैंक उच्च कारोबार रकमका आधारमा अगाडि रह्यो ।


प्रकाशित : पुस २८, २०७८ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?